इमान्दार संवाददाता
१८२ पटक

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ५ वर्ष आलोपालो प्रंधानमन्त्री चलाउने सहमति भएको छ । तर, पार्टी एकताका गर्दा यो सहमतिलाई ‘डकुमेन्टेसन’ नगर्न दुबै नेता राजी भएका छन् । पार्टीको नेतृत्व पनि पालैपालो गर्ने दुई नेताबीच सहमति भएको स्रोतको भनाई छ ।

प्रधानमन्त्री आलोपालो चलाउने सार्वजनिक घोषणा गर्दा सरकार कमजोर हुने र कर्मचारीहरुले पनि सरकारलाई नटेर्ने भएकाले यो सहमतिलाई ‘जेन्टलमेन एग्रिमेन्ट’ का रुपमा मात्रै लिइने शीर्ष नेतृत्वमा सहमति भएको उच्च स्रोतले बतायो ।

सोमबार बिहान प्रधानमन्त्री केपी ओली र माओवादी अध्यक्ष प्रचण्डवीच ‘वान टु वान’ वार्तापछि पार्टी एकताको विषय टुंगो लागेको हो । यसअघि आइतबार दुई नेतावीच करिब ५ घण्टा छलफल भएको थियो ।

दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले  बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।

यस्तै एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नामबाट फुको हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने शीर्ष तहमा सहमति यसअघि नै गरिसकेका  छन् ।

पार्टी एकताको गाँठोका रुपमा रहेका वैचारिक- राजनीतिक प्रश्नहरु आगामी महाधिवेशनसम्म बहसका रुपमा लैजान दुबै नेताहरुवीच सहमति भएको स्रोतल बतायो । जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंग्याइने पनि स्रोतले बतायो ।

२०७४ फागुन ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड