इमान्दार संवाददाता
३०९ पटक

काठमाडौँ, ७ फागुन ।

नेपाल कम्युनिष्ट पार्टीका नेता हेमन्तप्रकाश ओलीलगाएतका नेता कार्यकर्ताहरुलाई एमाले नेतृत्वको सरकारले गिरफ्तार गरेकोप्रति नेकपा क्रान्तिकारी माओवादीले आपत्ति प्रकट गरेको छ ।

क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले एक बिज्ञप्ति जारी गर्दै नेकपाको भात्रृ संगठन राष्ट्रिय युवा जनस्वयंसेवक (योङ रेड फोर्स)को राष्ट्रिय सम्मेलन बिथोल्न नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार  गरेकोप्रति निन्दा एबं भ्रत्सना गरेका छन् ।

उनले बिज्ञप्ति मार्फत आफुलाई बाम तथा कम्युनिष्ट भन्न रुचाउने सरकारद्वारा शान्तिपुर्णरुपमा हुन् लागेको आन्तरिक सम्मेलनमा सहभागी नेता कार्यकर्तालाई गिरफ्तार गरेर फासिवादी चरित्र प्रस्तुत गरेको बताएका छन् ।

महासचिव बैद्यले कार्यक्रममा शसस्त्र प्रहरी र नेपाल प्रहरीद्वारा गरिएको यस प्रकारको ज्यादतीको बिरोध गर्दै सरकारद्वारा गिरफ्तार गरिएका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइको लागि सरकारसंग जोडदार माग गरेका छन् ।

यसैगरी नेकपाले आफ्ना नेताकार्यकर्ताको रिहाइको माग गर्दै भोलि फागुन ७ गते नेपाल बन्द समेत आव्हान गरेको छ ।

योङ रेड फोर्सको तेस्रो सम्मेलन सोमबार बिहान सकिएको छ ।  प्रहरी धरपकड र गिरफ्तारीबीच इटहरीमा सम्पन्‍न सम्मेलनले बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

२०७४ फागुन ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड