इमान्दार संवाददाता
५२१ पटक

मोरङ्ग, ७ फागुन । 

नेपाल कम्युनिष्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्‍न भएको छ । प्रहरी धरपकड र गिरफ्तारीबीच इटहरीमा सम्पन्‍न सम्मेलनले बाबुराम राईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

सम्मेलनले संगठनको उपाध्यक्षमा मिना चलाउने, महासचिवमा दिप राज शेर्पाली, सचिवमा देव गुरुङ र कोषाध्यक्षमा प्रेम बिकलाई निर्वाचित गरेको छ । यस्तै सम्मेलनले ४५ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

आइतबार पार्टीका पूर्वी कमाण्ड इन्चार्ज अनिल शर्मा ‘विरही’ले सम्मेलनको उद्घाटन गरेका थिए । प्रहरीले सम्मेलन बिथोल्न कार्यक्रममा सहभागी नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेर अबरोध गरेपछि पूर्व निर्धारित कार्यक्रम केही ढिला गरि सुरु भएको थियो ।

यस्तै सम्मेलनबाट संगठनको नाम ‘योङ रेड फोर्स’ राखिएको छ । सम्मेलनले ११ बुदे समसामयिक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा स्थानीय निकायले अन्यायपूर्ण तरिकाले भारी बृद्धी गरेको कर खारेज गर्नुपर्ने र भारतद्वारा निर्मित कोशी बाँध नियन्त्रण कार्यालय हटाउनु पर्ने माग गरिएको छ ।

यस्तै प्रस्तावमा अरुण तेश्रो र माथिल्लो कर्णाली परियोजना निर्माणमा भारतसँग भएको राष्ट्रघाती सम्झौता एवं १९५० को असमान सन्धी खारेज गर्नुपर्ने माग गरिएको छ ।

सम्मेलनको उद्घाटन गर्न गएका नेकापका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली, पोलिट्ब्यूरो सदस्य पदम राईसहित २ सय नेता-कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेको थियो ।

शान्तिपुर्णरुपमा सबै राजनीतिक दलले आफ्ना कार्यक्रमहरु गर्न पाउने कानुनि ब्यबस्था भएको मुलुकमा नेकपालाई आफ्नो सहायक संगठनको आन्तरिक सम्मेलन समेत गर्न प्रहरी प्रशासनले माथिको आदेश भन्दै अबरोध गरेको थियो ।

उक्त घटनाले राज्य नेपाल कम्युनिष्ट पार्टीसंग निकै आतंकित भएको अनुमान विश्लेषकहरुले गरेका छन् । आफुले राजनीतिक गर्ने तर अरु राजनीतिक दलका कार्यक्रममा अबरोध गरेर विचार प्रवाहा गर्न नदिने ओलीको यो फासिवादी कदम भएको आरोप नेकपाले लगाएको छ ।

यो पनि पढ्नुहोस् 

प्रहरी दमन र गिरफ्तारीकाबीच जनस्वयंसेवकको बन्दसत्र सुरु ! सरकारी अातंकले यात्रा नराेकिने उद्घाेष

विराटनगरमा नेकपा नेता कार्यकर्ता गिरफ्तार हुँदा युरोपबाट बिरोध !

फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !

पाखण्डी र दमनकारी भन्दै ओली सरकारको ज्यादतीबिरुद्ध गर्जिए विप्लव ( विज्ञप्तिसहित) 

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन प्रचण्डलाई माओवादी नेता किराती आग्रह, यस्तो छ कारण

युवाकाे सम्मेलन बिथोल्न प्रहरीको ज्यादती र धरपकड जारी, २ सय नेता कार्यकर्ता गिरफ्तार

प्रधानमन्त्री ओलीकै निर्देशनमा नेकपा नेताहरु गिरफ्तार, एसपी जिसीले खोले यस्तो रहस्य !

युवा जनस्वयमसेवकको राष्ट्रिय सम्मेलनमाथि प्रहरी हस्तक्षेप,  नेता सुदर्शन र पदमसहित ७ जना गिरफ्तार

२०७४ फागुन ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड