इमान्दार संवाददाता
३२८ पटक

सामान्यतय पुरुषहरुले आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेको हामीले देख्दै आएका छौं तर अहिले आएर त्यो सोचमा परिवर्तन आएको छ । अहिले पुरुषहरु आफुभन्दा धेरै उमेर भएका महिलाहरुसँग वैवाहिक सम्बन्ध राख्न चाहन्छन् ।

यसका पछाडि धेरै कारणहरु छन् जसमा पुरुषहरुको भावना र सुझबुझले काम गरेको पाइन्छ । अहिलेका प्रत्येक पुरुषहरु आफ्ना श्रीमतीहरु जिम्मेवार र आत्मनिर्भर होस् भन्ने चाहन्छन् । घरदेखि लिएर बाहिरका कामहरुमा पनि श्रीमतीले आफ्नो साथ दिउन् भन्ने उनीहरुको चाहना हुन्छ । यसकारण उनीहरु जिम्मेवारीको बोझ उठाउन नसक्ने आफुभन्दा कम उमेरका महिलाहरुसँग विवाह गरेर समस्या उठाउन चाहँदैनन् ।

धेरै उमेरका महिलाहरुमा अनुभवसँगै आत्मविश्वास पनि भरपूर हुन्छ । विवाह ढिलो हुने महिलाहरुले जीवनका तमाम संघर्षहरुसँग एक्लै लडेका हुन्छन् भन्ने विश्वास पुरुषहरुमा हुन्छ । एक अनुसन्धानले ढिलो विवाह गर्ने महिलाहरुको वैवाहिक जीवन कम उमेरमा विवाह गर्ने महिलाको भन्दा दीर्घकालिन र सुखी हुने बताएको छ । त्यसैले अधिकांश पुरुषहरु आफ्ना सिनियर पदका महिलाहरुसँग प्रेम सम्बन्धमा रहेको पाइन्छ ।

धेरै उमेरका महिलाहरुले आफ्नो जीवनसाथीलाई समस्यामा भावनात्मक सहयोग पुर्‍याइरहेका हुन्छन् । जब कम उमेरकी श्रीमतीले सहयोगको सट्टामा श्रीमानहरुबाट नै त्यस्तो सहयोगको अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले पुरुषहरु कम उमेरकी महिलाहरुसँगको वैवाहिक जीवनमा जटिल अवस्थाहरुमा धेरै एक्लोपन महसुस गर्ने गर्छन् ।

हरेक पुरुषहरु आफ्नो श्रीमतीमा आफ्नो आमाको छायाँ देख्न चाहन्छन् । पुरुषहरु श्रीमतीबाट आमाजस्तै निस्वार्थरुपले प्रेम स्याहार गर्ने श्रीमती चाहन्छन् जुन उनीहरुले आफुभन्दा धेरै उमेरका महिलाहरुमा पाइरहेका हुन्छन् ।

२०७४ फागुन ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड