इमान्दार संवाददाता
४३८ पटक

काठमाडौँ, ६ फागुन ।

देशमा भर्खरै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको छ । दुबई सदनको निर्वाचित सांसद र समानुपातिक सांसदको नजिता सार्बजनिक भएसँगै राष्ट्रीयसभा निर्वाचन समेत सम्पन्न भइसकेको छ ।

नेपालका ठुला भनिएका संसदवादी राजनीतिक दल एमाले, माओवादी र कांग्रेसले आ-आफ्ना पार्टीका तर्फबाट सकेसम्म पुराना र त्यागी नेता कार्यकर्तालाई समानुपातिकमा सांसद बन्ने अवसर दिएको बताएका छन् । तर माओवादीमा भने कुरा त्यसो भएन ।

माओवादीमा नेताहरुका सकेसम्म पहिला सत्ताको फल चाख्ने अवसर पाइसकेका सांसद र मन्त्री सभामुख भइसकेका र अझ अधिकांश नेताहका श्रीमतीहरुलाई समानुपातिक सांसद बनाएर रेकर्ड नै तोडेको छ ।

राजनीतिमा ४ दशक लामो योगदान दिएका देशका लागि त्याग तपस्या गरेका हाल माओवादी केन्द्रमा र गत मंसिरमा सम्पन्न निर्वाचनमा समानुपातिक उम्मेदवार समेत भएका दर्जनौ नेता र नेतृहरु हुँदाहुँदै पनि माओवादी केन्द्रले त्यस्ता पात्रहरुलाई न्याय गर्न सकेन ।

अहिले माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले यस्तै गुनासो गर्न थालेका छन् । एमालेसँग पार्टी एकता गरेर नेपालमा ठुलो संसद्वादी कम्युनिष्ट पार्टी बनाउने सपना देखेका प्रचण्डले एकता केन्द्रसंग एकता गर्दा माओवादीमा आएकी माओवादी नेतृ पद्मा राइलाई समेत अन्याय गरेको छ ।

नारायणकाजि श्रेष्ठको एकता केन्द्रसंग एकता गर्दा माओवादी केन्द्रमा आएकी नेतृ राई गत मंसिरको चुनावमा ललितपुरबाट समानुपातिक सांसदको उम्मेदवार समेत थिइन् । ललितपुरमा बसेर झन्डै ३८ बर्ष जति राजनीति र समाज सेवा गरिसकेकी त्यहिकी स्थानीयवासी राइले बाम गठबन्धनबाट प्रत्यक्षमा निर्वाचन लड्दा समेत जित्ने सम्भावना थियो ।

समाचार स्रोतका अनुसार चुनाव अगाडी उम्मेदवार छनौट गर्दा जिल्लादेखी केन्द्रसम्मका सबै बैठकमा राइले यसपाली आफु प्रत्यक्षमा उठ्ने भनेर दाबी पनि गरेकी थिइन् । तर त्यसबेला उनलाई समानुपातिकमा पक्का गर्ने भनेर उक्त क्षेत्रमा पम्फा भुषाललाई उम्मेदवार बनाइएको थियो ।

अहिले माओवादी केन्द्र ललितपुरमा उतिबेला पद्मा राइलाई नेताहरुले दिएको बचन तोडेको भन्दै निकै असन्तुष्टि बढेको बताइएको छ । स्रोतका अनुसार उतिबेला राइलाई प्रत्यक्षमा उठाएर भुषाललाई समानुपातिकमा सांसद बनाएको भए पनि हुने थियो भन्ने छलफल चल्न थालेको छ ।

यति लामोसमय कम्युनिष्ट राजनीतिमा आफ्नो जीवनको आधा समय लगानी गरिसकेकी नेतृ राइलाई यसरी अन्याय गर्ने माओवादी पार्टी र त्यसका नेताहरुले देशका अरु नागरिकलाई न्याय गर्लान भनेर कसरी पत्याउने भन्दै माओवादीका तल्लो स्तरका नेता कार्यकर्ताले निराशा ब्यक्त गर्न थालेका छन् ।

निर्वाचन भन्दा अगाडी इमान्दार मिडियासंगको अन्तर्वार्तामा राइले आफु यसपटक अबस्य जित्ने र नेताहरुले यो पटक आफुलाई दिएको बचन नतोड्ने बिस्वाश ब्यक्त गरेकी थिइन् । उनले त्यो बेला हामीसंगको कुराकानीमा भनेकी थिइन्- ‘नेताहरुमा आफ्ना-आफ्ना मान्छे खोज्दै हिड्ने प्रवृति त छ तर अहिले भने त्यस्तो हुदैन ।’

राइले आफु अघिल्लो संबिधानसभाको निर्वाचनमा पनि उम्मेदवार उठिसकेको र बिगतका धेरै निर्वाचनमा उक्त क्षेत्रका जनतामा आफ्नो उपस्थिति जनाएकोले जनतामा स्थापित भएको हुनाले यसपाली पार्टीले आफुलाई समानुपातिक उम्मेदवार बनाए पनि सांसद बन्ने पक्कापक्की भएको बताएकी थिइन् ।

अहिले भने हामीसँग कुरा गर्दै राइले भनिन- ‘समानुपातिक सांसदको अन्तिम सुची सार्बजनिक हुँदा समेत पार्टीले सुची सच्याउने र आफुलाई सुचिमा पार्ने आशा राखेकि थिए तर त्यस्तो भएन।’ माओवादी नेतृत्वले पार्टीको माथिल्लो निकायमा खासै पहुच नभएकै कारण नेतृ राइलाई नराम्रोसंग झुक्याएको उनका समर्थक शुभचिन्तकहरुको गुनासो छ ।

संबिधानसभामा सांसद र सभामुख समेत भइसकेकी ओनसरी घर्तीदेखि पुर्ब सांसद तथा राज्यमन्त्री धर्मशिला चापागाई सम्मका महिला नेतृलाई सांसद बनाएको माओवादीले जनजाति तथा उत्पीडित वर्गबाट आएकि नेतृ राइलाई अन्याय गर्नुले स्वयम् माओवादी भित्रको न्याय मरेको माओवादी कार्यकर्ताहरुको भनाइ छ ।

माओवादीका प्रभावशाली नेता देब गुरुङ्गदेखि शक्ति बस्नेतसम्मका नेताहरुकी श्रीमतीहरु अटाउने माओवादीको समानुपातिक सांसदको सुचिमा जनजाति महिला नेतृ राइ नअटाउनुले माओवादी नेताहरुले गर्ने समानताको भाषण हावा गफ साबित भएको छ ।

यसरी बिचार राजनीति एकातिर र ब्यबहार अर्को तिर भएको पार्टी र नेताहरुले कसरी समाजवादी कम्युनिष्ट पार्टी निर्माण गर्लान भन्ने प्रश्नले माओवादी कार्यकर्ताहरुलाई अहिले खुब पिरोलेको बताउन थालेका छन् ।

यो एउटा मात्र कदमले पनि माओवादी केन्द्र भित्र नेताकार्यकर्ताले यति लामो समय कम्युनिष्ट आन्दोलनमा गरेको लगानी र त्याग तपस्या बालुवामा पानी हालेको जस्तै हुने त हैन भन्ने बहस पैदा गरिदिएको बताएका छन् ।

यो निर्वाचनमा दिन रात खटेका नेता कार्यकर्ता र समानुपातिक उम्मेदवारहरुले नेताहरुको यो निर्णयबाट माओवादी र एमालेबीच हुने भनिएको एकता पनि केवल आफ्ना व्यक्तिगत स्वार्थ पुरा गर्न रचिएको नाटक मात्र हो कि भन्ने आशंका गर्न थालेका छन्।

माओवादी नेताहरुको यो रबैया कायम रहने हो भने यिनको पार्टीमा रहेर यिनको आदेश पालना गर्दै पार्टीका निम्ति काम गर्नु पनि बेकार रहेछ भन्ने अनुमान सजिलै लगाउन सकिने अबस्था रहेको माओवादी नेता कार्यकर्ताहरु नै बताउछन् ।

माओवादी भित्र रहेको पक्षपात र आफ्नालाई काखा र लामो समय पार्टीमा काम गरेका पुराना नेता कार्यकर्तालाई पाखा लगाउने प्रवृति हावी हुँदा यो पटकको समानुपातिक सांसद प्रकरणमा कसैलाई मालामाल भएको छ भने कसैलाई खाउ भने दिन भरिको सिकार नखाउ भने कान्छा बाउको अनुहार भन्ने उखान लागु भएको छ ।

 यो पनि पढ्नुहोस्

हामीले खोजेको बिहारी गणतन्त्र हैन वैज्ञानिक समाजवाद हो: माओवादी नेतृ पद्मा राई

एक ओझेलमा परेकी महिला नेतृ, जसलाई माओवादीले प्रत्यक्षमा उठाउन कन्जुस्याइँ गर्यो

२०७४ फागुन ६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड