इमान्दार संवाददाता
३८९ पटक

काठमाडौँ, ५ फागुन ।

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती साउदीले २३ औं जनयुद्ध दिवस एक कार्यक्रम गरी मनाएको छ ।

सो कार्यक्रममा सहभागीहरुले नेपाल कम्युनिष्ट पार्टीले पारित गरेको एकीकृत जन क्रान्तिको कार्यदिशाले मात्र गरीब, किसान, मजदुर, सुकुम्बासी लगायत सर्वहारा वर्गको मुक्ति सम्भब रहेको बताएका थिए। उनीहरुले उक्त कार्यदिशामा आधारित कान्तिबाट नै नेपाली जनताको आमूल परिवर्तनको सपना पुरा हुने बिस्वास व्यक्त गरेका थिए ।

उनीहरुले नेपालका संसदवादी शासकहरुले बिकास र सम्वृद्धि नाममा नेपाली जनतालाई भ्रममा राखेर साम्राज्यावादी र बिस्तारवादीहरुको इशारामा देशको ढुकुटी रित्याउने र आफ्नो महल खडा गर्ने कार्यमा तल्लीन रहेको आरोप लगाएका थिए ।

नेपालको दलाल संसदीय व्यवस्थाका बिरुद्ध आम युवाहरु एकत्रित हुँदै एकचोटि एकीकृत जनक्रान्तिमा होमिनुपर्नेमा उनीहरुको एक मत थियो । मोर्चामा आबद्ध सबैले रोजगारीका शिलशिलामा परदेशमा रहेका नेपालीहरुलाई ठगि गर्ने दलालहरुलाई कुनै पनि हालतमा नछाड्ने प्रतिबद्धता ब्यक्त गरेका थिए।

नेपाली जनप्रगतिशिल मोर्चा केन्द्रिय समिती साउदीका कार्यबाहक अध्यक्ष युबराज कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिपुल ढुगाना, सेते मगर इन्द्र कुमार बिक लगायतले नेपालमा चलेको एकीकृत जनक्रान्तिका बारेमा आ-आफ्नो धारणा राखेका थिए । कार्यक्रम सन्चालन केन्दिय सचिब टिकाराम ओलिले गरेका थिए ।

यसैबीच जनयुद्ध दिवसकै अवसर पारेर साउदी अरबको रियादमा भएको नेपालीहरुको भेलाले सेते मगरको अध्यक्षतमा नेपाली जनप्रगतिशिल मोर्चा रियाद क्षेत्रीय समिति गठन भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको भात्रृ संगठनको रुपमा रहेको उक्त मोर्चाको उपाध्यक्ष थमु गुरुङ, सचिब नन्दकिशोर केसी, सहसचिब खिम बहादुर पुन मगर र कोशाध्यक्ष हिक्मत रोकामगर र सदस्यहरुमा दुर्गा ओलि दलबहादुर बिक, असोक चौधरी र गणेस नेपाल रहेका छन् । सो मोर्चाको सल्लाहकारहरुमा इन्द्र कुमार बिक, प्रबिन जिसि रहेका छन् ।

२०७४ फागुन ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड