इमान्दार संवाददाता
२०९१ पटक

काठमाडौं।

नेकपा माओवादी केन्द्रको आकस्मिक बैठक सकिएको छ । बुधबार बसेको बैठकले माओवादी कार्यकर्ताहरुलाई रिझाउने र एमाले कार्यकर्तालार्इ चकित पार्ने निर्णय गरेको छ ।

बैठकमा सहभागी माओवादीका केन्द्रीय कार्यालय सदस्य मणि थापाका अनुसार सरकारको नेतृत्व प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीले आलोपालो गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

त्यस्तै ओली र प्रचण्ड दुबै जना सहअध्यक्ष बन्ने निर्णयलाई पनि माओवादीले अनुमोदन गरेको छ । पहिलो पटक ओलीले साढे २ बर्ष प्रधानमन्त्री बन्नेछन भने दोस्रो चरणमा प्रचण्डले साढे २ बर्ष सरकारको नेतृत्व गर्ने निर्णय अनुमोदन गरेको थापाले जानकारी दिए । पार्टीकाे एकता घोषणा पनि आजै बस्ने एकता संयोजन समिति बैठकले गर्न सक्नेछन । तत्काललाई ओली अध्यक्ष बनेपनि साढे २ बर्षपछि प्रचण्ड पनि प्रधानमन्त्री बन्नेछन् ।

उता एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको छ ।
ललितपुर मानभवनस्थित शारदा अधिकारीको घरमा बुधबार आकस्मिक बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय गरेको हो ।

अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार बैठकमा अध्यक्ष ओलीले पार्टी एकताका लागि दुई नेताबीच भएका गृहकार्यका बारेमा नेताहरुलाई व्रिफिङ गरेका थिए ।

निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको परिणाम बुझाएपछि एमालेले माओेवादीसँग मिलेर सरकार गठन गर्ने तयारी वरुप ओलीलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको हो ।

२७५ सदस्यीय प्रतिनिधिसभामा एमाले र माओवादीको प्रष्ट बहुमत छ । एमालेका १२१ र माओवादीका ५३ सांसद छन् । एमाले स्थायी कमिटि बैठकपछि पार्टी एकता संयोजन समितिको बैठक सोही स्थानमा सुरु भएको छ ।

दुई अध्यक्षबीच भएका सहमति

द्विअध्याक्ष्मत्मक प्रणाली अनुसार दुवै पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड समान हैसियतमा रहने, पार्टी चलाउने भएकाले प्रचण्ड कार्यकारी, ओली सेरेमोनियल अध्यक्ष, सरकारको नेतृत्व, अध्यक्ष र प्रधानमन्त्रीको जिम्मेवारी साटफेर, वाम गठवन्धन निमार्णताकाकै सहमति अनुसार ५ वर्षे कार्यकालमा दुवै आधा–आधा प्रधानमन्त्री बन्ने ।

त्यस्तै दुवैले पुच्छर हटाएर पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने, दुवैले मानिरहेका माक्र्सवाद, लेनिनवादलाई पार्टीको सैद्धान्तिक आधार मान्ने, सकेसम्म छिटो बिशेष महाधिवेशन गर्ने । त्यसअघि एकताका शैद्धान्तिक आधार र संगठनात्मक संरचनाबारे गृहकार्य गर्न दुई कार्यदल बनाउने, दुई अध्यक्षसँगै बहुपद सृजना नगर्ने । सानो आकारको केन्द्रीय समिति बनाउने र राष्ट्रपति र उपसभामुख एमालेलाई, उपराष्ट्रपति र सभामुख माओवादीलाई ।

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड