इमान्दार संवाददाता
११९ पटक

काठमाडौं ।

प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त भएका छन् । प्रदेश प्रमुख रतनेश्वरलाल कायस्थले राउतलाई बुधबार नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख कायस्थले फोरमका संसदीय दलका नेता समेत रहेका राउतलाई मुख्यमन्त्रीको नियुक्तको पत्र दिएका छन् । राउतले प्रदेश प्रमुख कायस्थबाट मन्त्रीपरिषद् विस्तारका लागि समेत पत्र पाएको छन् ।

त्यस्तै  प्रदेश नम्बर ५ का एमाले संसदीय दलका नेता शंकर पोखरेल आज मुख्यमन्त्री नियुक्त हुँदैछन् ।

प्रदेश प्रमुख उमाकान्त झाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । वाम गठबन्धनले पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्न पत्र दिइसकेका छन् । पोखरेललाई बुधबार मुख्यमन्त्री नियुक्त गरी बिहीबार तीन बजे ३ सपथको कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । सपथका लागि प्रदेश प्रमुखको निवास रहेको सडक डिभिजन अतिथि निवास नजिकै कम्पाउण्डमा व्यवस्था गरिएको छ ।

मुख्यमन्त्रीको शपथकै दिन अन्य दुई मन्त्रीले पनि शपथ लिनेछन् । एमाले र माओवादी केन्द्रवाट १–१ जनाले शपथ लिने बताइएको छ । तर, मन्त्रीको नाम भने टुंगो लागेको छैन् ।

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड