इमान्दार संवाददाता
६२ पटक

काठमाडौं ।

आई क्लव आई क्लवमा पेस्तोल देखाएर बबण्डर मच्चाउने नेपाल प्रहरीका एक नायब निरीक्षक रक्सीले ‘झुम्म’ परेको अवस्थामा गिरफ्तार परेका छन् ।

मादक पदार्थ सेवन गरी काठमाडौंको दरबारमार्गस्थित आई क्लवमा पेस्तोल देखाएर बबण्डर मच्चाउने नेपाल प्रहरीका नायब निरीक्षक राजकुमार श्रेष्ठलाई प्रहरीले गिरफ्तार गरेको हो ।

बुधबार राति २ बजेतिर सादा पोशाकमा हतियारसहित क्लब छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको र बबण्डर मच्चाएको आरोप छ ।

पेस्तोलसहित अन्य २ जना साथी लिएर क्लव पुगेका सई श्रेष्ठले सञ्चालक र ग्राहकहरूसँग अभद्र ब्यवहार गरेको प्रहरीले जनाएको छ ।

विवाद गर्दै गरेका सई श्रेष्ठलाई तत्काल पुगेको दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको थियो । उनि बिहान ६ बजेसम्म पनि ‘झुम’ अवस्थामा रहेको बताईएको छ । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ । तर उनिसँगै गएका अन्य २ जना काे थिए भन्ने विषयमा कुनै जानकारी दिइएकाे छैन ।

केही दिन अगाडि दरबारमार्गको एक होटेलमा युवतीलाई तीनजना युवकले सामूहिक बलात्कार गरेका थिए । सोही काण्डमा फसेका प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी निलम्बनमा परेका थिए । सो घटना सेलाउन नपाउँदै प्रहरीका अर्का सई पक्राउ परेका छन् ।

प्रहरी नै यस्ता अनैतिक कार्यमा लागेपछि सर्वसाधारण हैरान भएका छन् ।

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड