इमान्दार संवाददाता
१०६ पटक

बैतडी ।

चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको शत्रुमर्दन गुल्मका गुल्मपती सेनानी सुदीप बानियाले जानकारी दिए । ।

मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको बानियाले बताएका छन् ।

सेनानी बानियाको अनुसार गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

समान्य घाइते भएका १७ जनाको भने जिल्ला अस्पतालमै उपचार भइरहेको बताईएको छ । तालिममा रहेका सेनाका जवानहरु एक्कासि चट्याङ लागेर घाइते भएका हुन् ।

२०७४ फागुन २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड