इमान्दार संवाददाता
२६ पटक

काठमाडौं, १ फागुन ।

शिवरात्रीको बाहानामा गाँजा बिक्रि तथा गाँजा सेवनगरी हल्ला गर्ने ३९ जनालाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ। अवैध गाँजाको बिक्रि वितरण तथा गाँजा सेवनगरी हल्ला गरेको भेटिएपछि प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुस एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।

पक्राउ पर्नेमा गाँजा बेच्ने २ जना बाबा पनि छन्। ‘शिवरात्रीको बहानामा गाँजाको कारोबार गर्न मिल्दैन,’ एसएसपी पोखरेलले भने, ‘गाँजाको ब्यापार गर्नकै लागि पनि कतिपय बाबाहरू पशुपति क्षेत्रमा आएको हामीले पाएका छौ, त्यस्ता ब्यक्ति भेटेमा कानुनी कारबाही हुन्छ।’

उनका अनुसार पक्राउ परेका बाबाहसित ३९ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ।

२०७४ फागुन १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड