इमान्दार संवाददाता
२७२ पटक

सुनिता बम ।

म त न्यायको खोजिमा जिबन
मरणको लडाइमा छु
तिमी भने नाङगा जोगी हेर्ने
तपस्या वर्त लिदै पशुपति शरणमा छौ
कहिले बोक्सीको आरोपमा तिमी
कहिले दाइजो अनि सम्पतीको बाहानामा
त कहिले छाउ भएको कुसंस्कारमा
ज्युदै आगोमा जल्दा
यातनाहरुमा गल्दा
छाउ गोठहरुमा तिमी ढल्दा
तिमी अशिक्षाको अन्धकारमा भौतारीदा
मेलापात जादा होस
या शिक्षालय जादा तिमी
बलत्कृत भइ ढलेको ब्यथा अहिल्यै हो लाग्छ
तिमी न बालकी न बयश्क न त बृद्दा
कहिले आफ्नै बाबु बाट त कहिल्य समाजका
जान्नेमान्ने भनाउदाहरुबाट
हो अहिल्यै हो जस्तो लाग्छ त्यो घटना
तिमी जहापनि अपमानित छौ
सत्तामा राजनितीमा जहा जहा तिमी
सम्पुर्ण हिंसाको सिकार छौ
तिमी न्यायको भिकारी छौ
हो म त्यहा जिबनमरणको लडाइमा छु
बन्दुक अनि बमगोला नचाउदै

मलाइ थाहा छ
एक छाक नखायर मुक्तीको सपना ब्यथ छ
न त बाबाहरुका धायर दासताको अन्त्य
न त केही सेमिनार र गोष्ठी मा चिच्चायर
त्यसैले म जिबनमरणको लडाइमा छु
आजादीको पुष्प छर्न
तिम्रो किर्तिम कुरुपतामा
नया जिवन अनि रङ भर्न
किनकी यहाँ समाज पुरुषप्रधान छ
सत्ता दलालहरुको छ
शासन उही मुखियाको छ
जहा तिमी अनि मेरो मुक्ती छैन

त्यसैले
आउ आज ऐतिहासिक दिनपनि हो
नया संकल्प गरौ फेरी नया प्रण अनि प्रतिबद्धता गरौ
पशुपति गयर आयतिय साम्राज्यबादी
बाबाहरुको शरणमा तिम्रो मुक्ती संम्भव छैन
आउ फाल्गुन १मा नया शाहास गरौ
दासता तोडने समाजको मुहार फेर्ने
एकिकृत जनक्रान्तिको बाटोमा
बैज्ञानिक समाजबादको यात्रामा!!

२०७४ फागुन १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड