इमान्दार संवाददाता
२६० पटक

प्रकाश कुमार सिहँ ‘पुश्कर’

न्याय स्वतन्त्रता समानता र बर्गिय मुक्तिका निम्ति सर्बहारावर्गको राज्यसत्ता स्थापना गर्ने महान लक्ष्य राखेर थालनी गरिएको जनयुद्ध दिवसको २३ अाैँ बर्ष पुगेछ । गणतन्त्र स्थापना राजतन्त्रको अन्त्य अन्याय अत्याचार बिरुद्ध र नेपालको आमुल परिवर्तनका निम्ति आफ्नो जिवनको बलिदान गर्ने जनयुद्धका हजारौं सहिदहरु प्रति भावपुर्णा श्रद्धाञ्जली अर्पण गर्दछु ।

यसै प्रक्रियामा लड्दा लड्दै आफ्नो अमुल्य जिवनलार्इ अङ्गभङ्ग पारि गोलि र धमका परेर क्रान्तिका ज्युदा सहिदका रुपमा आफुलाइ यस धर्तिमा अझै जितीब राखेर कठिन भन्दा कठिन जिबन बाँचिरहेका घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । हुनत म आफै पनि घाइते हुँ ।  मेरो घाउमा मलमपट्टि लगाउन म आफै खाडीमा छु । यहाँ मलमपट्टि होइन झन असाध्यै पिडा छु । खै कसरी लाग्ला र मलमपट्टि ?

आफै अनिश्रचयको भुमरीमा छु । मलार्इ थाह छ  बास्तबमा मैले चाहेको जिवन यो होइन र थिएन । मेरो जिवनको लक्ष्य यो होइन म उल्टो हिड्दै छु ।जहाँ भविश्य अनिश्चित छ । गन्तव्य बिहिन छ। हुनत हामी कहिलेकाँही दिनमा सुर्यले संसार उज्यालो बनाउँदा पनि अौँसीको रातमा हिडेका थुप्रै उदाहरण छन । हो अहिलेको मेरो यात्रा त्यसैको उदाहरण हो अहिले लाई यहि भनौं ।

प्रिय जनयुद्ध

तिमी साँच्चिकै महान थियौ र त हामी तिम्रो जन्मदिन मनाउन पटक्कै भुल्दैनौ । किनकि नेपालमा बषौँ देखिको अन्याय अत्याचार शाेषन दमनको अन्त्य गर्न संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न । जातीय क्षेत्रीय भेदभावको अन्त्य गर्न । उत्पिडित र निमुखाहरुको मुक्ति र अधिकारका र निम्ति जनयुद्ध आवश्यक मात्र होइन अनिवार्य थियोे । जसका कारण हजारौं जनता लाखौं सुभचिन्तक र समर्थनले त्याग गरेका छन ।

प्रिय जनयुद्ध

लेखक- प्रकाश सिंह

तिमीलाई यहाँसम्मा ल्याउन हामीले हजारौं दिन भोक भोक हजारौं रात अनिदो कयौं पटक मृत्युको मुखमा पर्दा पनि हामीले हुर्काउन सफल भयौं । तिमीहरूलाई यो २३ अौ बर्ष पार गराउन । हामीले थुप्रै बलिदानि कोटाहरु चुक्ता गरेका छौ । भने हाम्रा थुप्रै साथीहरू घाइते अङ्गभङ्ग छन । तर तिम्रो जन्मदिनको खुसियाली मनाउन आफ्ना पिडाहरु लुकाएर मुन्द मुस्कान दिइरहेका छन ।

म स्वयम् पनि खुसि छु किनकि हाम्रो त्याग तपस्या बलिदानबाट खडा भएको जनयुद्धको गर्भिलो इतिहासको बर्ष २३ अौ बार्षिक मनाउने अवसर आउँदा सँसारका जुनसुकै कुना कुन्दरा भएपनि आफुले निमार्ण गरेको इतिहासलाई । पटकपटक यसरी स्वागत गर्न चाहान्छु । युगौसम्मा मनाउन चाहान्छौ जनयुद्धको दिवस मनाउने भनेको मेरो बुझाइमा हाम्रो दुख कष्ट र सँघर्षलार्इ सम्झने माध्यम पनि त हो ।

हाम्रो इतिहाँसलाई किनकि हामीले रगत र पसिना र त्याग तपस्या बलिदान गरेर स्थापित राजनैतिक एजेन्डा यो देशका रोड म्यापका रुपमा अगाडि बढेका छन । हिजो एकात्मक राजतन्त्र रहेको र राजाको छोरा नै राजा हुन पाउने ब्यवस्थाको अन्त्य भएको छ,  भने देश गणतन्त्रमा मात्र होइन । देशको के पहाड के हिमाल के तराई सबै ठाउँमा बस्ने जुनसुकै रङ र वर्ण भएको मान्छे पनि देशको शासन सत्ताको प्रमुख अर्थात यो राज्यको प्रमुख बन्न पाउने प्रणालीको सुरुवात भएको छ । यो जनयुद्ध र आन्दोलनको साझा सम्पत्ति हो ।

यसलाई सँस्थागत र बिकाश गर्न हामीले पनि ठुलो त्याग गरेका छौ । हामी आफैले स्थापित गरेका राजनीतिक नारा र एजेन्डाहरु देशले नै उपलब्धि ठानिरहेको छ यो राजनीतिक हिसाबले ठुलो कुरा हो । तर बिडम्बना भन्नुपर्छ हामीले जुन उदेश्य र लक्ष्यका साथ जनयुद्धको सुरुवात गरेका थियौ ब्यवारीक रुपमा जनताको जीवन स्थर सम्मा पुग्न सकेको छैन आर्थिक साँस्कृतिक र समाजिक क्षेत्रमा जुन परिवर्तन हुनुपर्ने थियोे ।

आज पनि त्यो समस्या बिसको उन्नाइस हुन सकेको छैन। अधिकार प्राप्त भएर मात्र पनि सबै कुरा पूरा हुने रहेनछ । जनताको जिवन परिवर्तन हुनत आर्थिक रुपले आत्मा निर्भर देश पुर्ण रुपमा रोजगारिको ब्यवस्था हुनुपर्ने रहेछ ।

जुन कुरा हाम्रो देशको लागि एकादेशको कथा भएको छ । जसको अभाव आज नेपाली युवा सँसारका विभिन्न देशमा आफ्नो श्रमशक्ति सक्दैछन । सुखि र स्वाभिमानि हुनुपर्ने हामी जनता अझै झन परनिर्भरता दुुखि हुदै छौ ।हामीले गरेको बलिदानले सहि अर्थमा न्याय पाउन सकिरहेको छैन ।

जो सुखि र सम्मानित भएर जिबन जिउन पाउनुपर्ने थियो आज नै मानिसहरू अन्यायपूर्ण तरिकाबाट अपहेलित हुनुपर्ने अवस्था छ । त्यो प्रक्रियाको छिट्टै अन्त्य हुन आवश्यक छ । इतिहासको सम्मान गर्दै प्राप्त उपलब्धिको रक्षा गर्दै सहिद घाइते अपांग र लाखौं जनताको बिचमा खाएका कसम र जनताको माँझमा देखाएका सपनाहरू पुरा गर्न सबै प्रकारका प्रयास हरु गर्दै अगाडि बढ्न सकेको खण्डमा मात्र सच्चा जनयुद्ध दिवस मनाउनुको अर्थ होला ।

ब्यक्तिगत रुपमा म जनयुद्धमा कुनै पद प्रतिस्था र फाइदाका निम्ति सामेल भएको होइन । मलाई आज पनि कुनै पशचाताप छैन र कुनै गुनासो पनि छैन । जनयुद्ध एक एेतिहासिक आवश्यकता थियोे । हामीले त्यसको पुर्ति गर्ने अौजारका रुपमा काम गरेका अवश्य हौ तर त्यसैको ब्याज खान मन छैन ।

जनयुद्ध मार्फत नेपाली जनतालाई सबैभन्दा ठुलो कुरा र चेतनाको बिकास गराउन सफल भएको पक्कै हौँ ।  जसका कारण आज हरेक बिषयमा ढुक्कसँग बोल्ने सक्ने आफ्नो अधिकारको प्रयोग गर्न सक्ने ठाउँमा छन । एक फेरि जनयुद्ध दिवसको देश बिदेश जुनसुकै ठाउँमा भए पनि सुभचिन्तक समर्थक सबै सबैलाई सुभकामना।

२०७४ माघ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड