इमान्दार संवाददाता
३० पटक

इलाम ।

नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित भएका छन् ।

अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित भएका हुन् । चिपालुले ६३ मत ल्याए भने भक्तराजले ३७ मत प्राप्त गरे ।

संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित भएका छन् । त्यसैगरी सहसचिवमा हेमन्त गौतम, कोषाध्यक्षमा सन्तोष भक्तराज विजयी भएका छन् ।

यस्तै सदस्यमा निरोज राउत, दिनेश खड्का, पुजन श्रेष्ठ, सेवक देवान, मोहन अधिकारी र पुन्यकुमार मुखिया विजयी भएका छन् ।

२०७४ माघ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड