इमान्दार संवाददाता
६२२ पटक

काठमाडौं ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक अाज बस्दैछ । राष्ट्रिय सभा निर्वाचन सम्पन्‍न भएपछि पहिलो पटक बस्न लागेको बैठकमा चुनावको समिक्षा र पार्टी एकताबारे छलफल हुने बताइएको छ ।

पार्टी एकता ढिला भइरहेको भन्दै चाडो एकता गर्न दवाव बढिरहेको बेला निर्णयक बैठक बस्न लागेको हो । एमाले अध्यक्ष केपी शर्मा ओली र माके अध्यक्ष प्रचण्डबीच भएको वार्ताले अाज संयोजन समितिको बैठक बस्ने सहमति भएको थियो ।

शुक्रबार बस्ने बैठक एकताबारे निर्णयक हुने नेताहरुले बताएका छन् ।

यसैबीच माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकताबारे ओलीसँग वार कि पार छलफल गर्नुपर्ने अवस्था अाएको बताएका छन् । ओली अध्यक्ष र प्रधानमन्त्री अाफै हुने भए एकता हुन नसक्ने समेत प्रचण्डले अाफू निकट नेताहरुसँग बताएका छन् ।

नेताहरुसँग पार्टी केन्द्रीय कार्यालयमा भएको छलफलमा प्रचण्डले अध्यक्ष दिएर तत्काल पार्टी एकता गर्न एमाले तयार नभए सरकारमा पनि नजाने बताएका थिए । ओलीलाई अध्यक्ष र जबजलाई मानेर एकतामा जान नसकिने माओवादी केन्द्रले निष्कर्ष निकालेको छ ।

उता एमाले वरिष्ठ नेता झलनाथ खनालले प्रचण्डलाई अध्यक्ष दिएर भएपनि पार्टी एकता गर्नुपर्ने बताएका छन् । खनालले प्रचण्ड अध्यक्ष हुँदा अाफूलाई अापत्ति नहुने बताए ।

यसैबीच नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी एकताको लागि एमाले लचिलो हुनु पर्ने बताएका छन् । जनताले पार्टी एकताको पक्षमा मत दिएको बताउँदै खनालले त्यसको लागि दुबै पार्टीका नेताहरुले महशुस गर्नु पर्ने बताए ।

नेता खनालले एक अन्तरवार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई अध्यक्ष स्वीकार गरेर भएपनि पार्टी एकता गर्नुपर्ने धारणा राखे । एमालेका वरिष्ठ नेताहरुले खुलेरै प्रचण्डलाई अध्यक्ष मान्‍न अाफूहरु तयार भएको भन्‍ने खनालको भनाई पहिलो हो । उनले प्रचण्ड पार्टी अध्‍यक्ष भएपनि अाफूलाई कुनै अापत्ति नहुने बताए ।

नेता खनालले राष्ट्रपतिको दाबी गर्दै अाएका छन् । राष्ट्रपति विद्यदेवी भण्डारी र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भेटवार्तापछि केही सशंकित भएका नेता खनालको भनाइ सार्वजनिक भएसँगै एमालेमा तरंग पैदा भएको छ । विशेष गरी अध्यक्ष केपी ओली समूहले प्रचण्डलाई अध्यक्ष मान्‍न नसिकने बताउँदै अाएको बेला खनालले सो कुरा बताएका हुन् ।

 

२०७४ माघ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड