इमान्दार संवाददाता
२९ पटक

काठमाडौँ २६ माघ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गत उद्घाटन खेलमा नामिवियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेपछि इन्डियन प्रिमियर लिग टोली दिल्ली डेयर डेभिल्सले आफ्ना खेलाडी सन्दीप लामिछानेको खुलेर प्रशंसा गरेको छ ।

नामिबियाविरुद्धको खेलमा नेपालका १७ वर्षीय लेग स्पिनर नामिबियाविरुद्धको खेलमा ८.२ ओभर बलिङ गर्दै सर्वाधिक चार विकेट लिन सफल भएपछि दिल्लीले उनको खुलेर प्रशंसा गरेको हो ।

नामिबियाविरुद्ध नेपालले १ विकेटको संघर्षपूर्ण जितमा सन्दीप ४ विकेट लिएर लामिछने र ३ विकेट लिँदै सोमपाल कामी चम्किएका थिए ।

दिल्लीले २० लाख भारुमा सन्दीपलाई अनुबन्ध गरेको दिल्लीले आईपीएल अक्सनबाट किन्दा पनि उनको क्षमता हेरेरै भित्र्याइएको जनाएको थियो ।

बिहीबार नामिबियाविरुद्धको खेलमा नेपालले १ विकेटले जितेको छ। दिल्लीले आफ्नो ट्विटर एकाउन्टमार्फत सन्दीपको खुलेर प्रशंसा गरेको हो।

‘आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालका लागि सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे’, दिल्ली डेयर डेभिल्सले ट्विट गर्दै भनेको छ ।

सन्दीप विश्वकै सर्वाधिक चर्चित र आकर्षक इन्डियन प्रिमियर लिगमा खेल्नका लागि अनुबन्ध हुने पहिलो नेपाली खेलाडी बनेसँगै उनको चर्चा चुलिएको छ ।

स्पिनमार्फत बिपक्षी ब्याटसम्यानलाई आच्छु आच्छु पार्ने सन्दीपले नामिबियाविरुद्ध पनि उन्कृष्ट बलिङ क्षमता देखाएपछि दिल्लीको प्रशंसा पाएका हुन् ।

आजको खेलमा नेपालका लागि बलिङतर्फ सन्दीपले ४ र सोमपाल कामीले ३ विकेट लिएका थिए । त्यस्तै पारस खड्का, बसन्त रेग्मी र शरद भेषवाकरले १-१ विकेट लिए ।

२०७४ माघ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड