इमान्दार संवाददाता
६०३ पटक

काठमाडौँ, २५ माघ ।

काठमाडौं उपत्यका वरिपरि मनोरम पर्वतमालामा विकासका सम्भावना र आवश्यकताः समृद्ध नेपाल हाम्रो साझा उद्देश्य तथा अवधराणा अनुरुप अभियानको बिहिबार स्वयम्भूबाट विधिवत शुभारम्भ गरिएको छ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालबाट नेपालको राष्ट्रिय झण्डा सहित बेलुन उडाएर अभियानको शुभारम्भ गरिएको छ । अभियानको शुभारम्भ गर्दै पूर्वप्रधानमन्त्री खनालले यस अभियानलाई सफल पार्न सबैले संकल्प गर्दै एेक्यबद्धता जनाउन र सार्थक बनाउनुपर्ने बताएका छन् ।

विश्वमा विरलै पाइने अनुकूल हावापानी मध्येको काठमाडौँ उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको वातावरण विनाश रोक्ने अन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य अभियानको छ ।

यसैगरी स्थानीयको आर्थिक उन्नति गर्ने उद्देश्यका साथ ‘नेपाल मण्डल पर्यटन नगरी’ अभियानले माघ २५ गते काठमाडौँबाट नेपाल मण्डल पर्यटन महोत्सव सार्वजनिक गरेको छ ।

यस्ता छन् अभियानका कार्यक्रमहरु

फागुनको पहिलो हप्ता – नागार्जुनमा सञ्चार उत्सव
दोश्रो – हप्ता उपत्यका पर्वतमाला साइकल उत्सव तथा अध्ययन उत्सव

तेश्रो हप्ता – ककनी होमस्टे उत्सव
चौथो हप्ता – फोटो प्रदर्शन

चैत पहिलो हप्ता – फुलचोकीमा साहित्यिक उत्सव
दोश्रो हप्ता – चन्द्रागिरीमा कला उत्सव
तेश्रो हप्ता – दहचोकमा सांस्कृतिक उत्सव

चौथो हप्ता – शिवपुरी पर्व, कटुवाल दह, चोबार – सुन्दरीजल बागद्वार बागमती पर्व
वैशाख पहिलो हप्ता – पशुपति, बौद्ध, तारेभीर–शिवपुरी म्याराथुन दौड

दोश्रो हप्ता – वैशाख पूर्णिमा बुद्ध जयन्तीको अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्ध, नमोबुद्ध, शान्ति उत्सव
तेश्रो हप्ता – नगरकोट चिसापानी, नगरकोट गोसाई कुण्ड उत्सव

अभियानले उपत्यकाका पाँच सम्पदास्थललाई पाँच नगरीका रुपमा अगाडि ल्याएको अभियान संयोजक कृष्ण केसीले बताए । ती निम्नानुसर छन्ः

१) चन्द्रागिरी–चम्पादेवी पर्यटन नगरी
२) फुलचोकी–लाकुरी भञ्ज्याङ पर्यटन नगरी

३) नगरकोट–जर्सिहापौवा पर्यटन नगरी
४) शिवपुरी–ककनी पर्यतन नगरी
५) जामाचो–नागार्जुन, येङ्किदह पर्यटन नगरी

२०७४ माघ २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड