इमान्दार संवाददाता
२९० पटक

काठमाडौं ।

सिमा अतिक्रमण र भारतीय ज्यादतीबिरुद्ध क्रान्तिकारी विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।  नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनले ‘भारतीय विस्तारवादी’ भन्दै देशका १९ जिल्लाहरुमा एकसाथ बिरोध प्रदर्शन गरेको हो ।

भारतले एकपछि अर्काे गर्दे पूर्व मेचीको झापा, बीरगञ्जकोे छपकैया र पश्चिम कञ्चनपरको पूर्नवास लगाएतका स्थानको नेपाली भुमि अतिक्रमण गरेको भन्दै अखिल क्रान्तिकारीले घोर भ्रत्सर्ना गरेको छ ।

‘नेपाली राजनीतिमा भारतले प्रत्यक्ष रुपमा हस्तक्षेप गरेकोले भारतीय विस्तारवाद विरुद्ध हाम्रो संघर्ष हो’ क्रान्तिकारीका केन्द्रीय नेता बिरेन्द्र शाह संचारकेन्द्रसँग भने,- ‘पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बिभिन्न ठाउँमा हाम्रो नेपाली भुमिमा भारतीय विस्तारवादले आँखा गाडेको छ, त्यो हामीलाई कुनैपनि मूल्यमा सह्य हुदैन ।’

भारतले कब्जा गरेको सबै नेपाली भूमि स-सम्मान नेपाललाई फिर्ता गर्नुपर्ने र फिर्ता नगरे आफूहरु आफ्नो भुमि स्वतः लिने क्रान्तिकारीको चेतावनी छ ।

गैरकूटनीतिक तरिकाले भारतीय सत्ताधारीहरू मनपरि तरिकाले नेपाल आउने जाने गरिरहेका भन्दै क्रान्तिकारीले सामान्य कूटनीतिक मर्यादाक्रममा रहन भारतीय पक्षलाई आग्रह समेत गरेको छ ।

क्रान्तिकारीले झापा, सुनसरी, सप्तरी,, धनुषा, सिरहा,, पर्सा, रौतहट,, सर्लाही, बारा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, कैलाली -कंचनपुरलगाएत तराईका १९ जिल्लामा बिहिबार एकसाथ बिरोध प्रदर्शन गरेकाे हाे ।

२०७४ माघ २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड