इमान्दार संवाददाता
३०५ पटक

काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले साथी अभियान सुरु गरेको छ । क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय तथा आंगिक क्याम्पस लक्षित अभियानको उद्घाटन अमृत साइन्स क्याम्पसबाट गरेको छ ।

सङ्गठनका केन्द्रीय अध्यक्ष पुर्णबहादुर सिंहले बिहिबार साइन्स क्याम्पसका विद्यार्थीहरुलाई चक्लेट र फारम वितरण गर्दै आंगिक क्याम्पस लक्षित अभियानको थालनी गरेका छन् । राष्ट्रिय सम्मेलनको संघारमा प्रचारात्मक साङ्गठनिक अभियान भएको भन्दै क्रान्तिकारीले १५ आंगिक र केन्द्रीय क्याम्पसका विद्यार्थीहरुसँग प्रत्यक्ष अन्तरक्रिया र बहस गर्ने बताएको छ ।

विद्यार्थी सङ्गठन विद्यार्थीहरूभन्दा बाहिर गएको भन्दै अध्यक्ष सिंहले आफूहरुको सङ्गठन पिरमर्कामा परेका विद्यार्थीहरुका लागि सहयोगी बन्ने  बताए । क्रान्तिकारीका नेता लोकेश बिश्वकर्माको नेतृत्वमा सञ्चालित अभियान फागुन १० गतेसम्म चल्ने बताइएको छ । यसैबीच भारतीय पक्षले पर्साको छपकैयामा गरेको भुमि अतिक्रमणको विरोध प्रदर्शन मेची देखि महाकालीसम्मका १४ बटा जिल्लामा विरोध प्रदर्शन गरेको उक्त सङ्गठनले जनाएको छ ।

यस्तै सङ्गठनकी सचिवालय सदस्य तथा सिटिइभिटी संयोजक शुनिता बमले विश्वविद्यालय अन्तर्गतको अभियान अक्सपोट इन्जिनियरिङ कलेजबाट उद्घाटन गरेकी छिन। अभियान उद्घाटनसँग सँगै दिपक साउदको अध्यक्षतामा १९ सदस्सीय कमिटि पनि गठन गरिएको छ । त्यस्तै बिहिबार नै ओम समाज हेल्थ कलेजमा पनि सर्वन कडायतको नेतृत्वमा १७ सदस्सीय कमिटि गठन भएको छ।

बीरगंजको छपकैयामा भारतीय पक्षले ५० बिगाहा बढी नेपाली भुमि हडपेकाे भन्दै चाैतर्फी बिराेध भइरहेका बेला क्रान्तिकारीले देशभर  विरोध प्रदर्शन गर्न लागेको हो ।

२०७४ माघ २५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड