इमान्दार संवाददाता
७० पटक

एजेन्सी २४ माघ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी पत्नी जसोदा बेनलाई लिएर गइरहेको एउटा कार बुधवार राजस्थानको चित्तौडगढ जिल्लामा दुर्घटनाग्रस्त भएको छ ।

यो दुर्घटनामा एकजनाको ज्यान गएको छ । दुर्घटनामा सुरक्षा गार्ड पनि घाइते भएका छन् । पुलिसका अनुसा जसोदा बेनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको छ ।

यो दुर्घटना चित्तौड-कोटा सडकमा भएको हो । दुर्घटनाको समाचार पाउने बित्तिकै पुलिसमा तनाव सुरु भएको थियो । मोदी पत्नी दुर्घटनामा परेको सूचना मिल्नेबित्तिकै पुलिस अधिकारी घटनास्थलमा पुगेका थिए ।

अस्पतालका डाक्टर मधुप बख्शीले बीबीसीलाई बताए अनुसार जसोदा सुरक्षित छिन् । दुर्घटनामा उनलाई कुनै चोटपटक लागेको छैन । तर उनलाई यात्रा गराइरहेका एक पुलिस अधिकारीको भने टाउकोमा चोट लागेको छ ।

डा बख्शीका अनुसार जसोदा बेनकी भतिजी र उनकी छोरी पनि यात्रामा थिइन् । भतिजीको शिरमा चोट लागेको छ भने छोरी सुरक्षित छिन् ।

दुर्घटना चितौड जिल्ला मुख्यालयबाट ४५ किलोमिट टाढा पारसोली पुलिस थाना क्षेत्रको काटुन्दा नजिकै भएको हो । जसोदा बेन अहिले चितौड अस्पतालमै छिन् ।

यो दुर्घटनामा घाइते भएकाहरुलाई थप उपचारका लागि उदयपुरको आरएनटी मेडिकल कलेजमा लगिएको छ । जसोदा बेन पनि घाइतेहरुसँगै जाने बताइएको छ ।

पारसोलीका थाना अधिकारी श्याम सिंहले घटनास्थलमा बीबीसीलाई बताए अनुसार यो दुर्घटनामा बसन्त भाइ नामका व्यक्तिको निधन भएको छ । श्याम सिंहले भने, ‘दुर्घटना कसरी भयो भन्ने खुलेको छैन । यसको अनुसन्धान भइरहेको छ ।

२०७४ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड