इमान्दार संवाददाता
८५६ पटक

काठमाडौं, २४ माघ ।

देशकै ठुलो भ्रष्टाचारी घोषित चुडामणि शर्माको काठमाडौँ बुढानिलकण्ठ स्थित आलिशान बंगलामा मंगलबार दिउसो साढे २ बजे तिर आचानक फिल्मी शैलीमा अट्याक भयो ।

शर्माको घरमा भएको उक्त अट्याकको दृश्य खास-खास आधा दर्जन मिडियाकर्मीका क्यामराले मात्र कैद गरिरहेका थिए । चारैतिरबाट करिब ७ सय नेकपाका कार्यकर्ताहरुले एकै साथ शर्माको घरमा अट्याक सुरु गरेका थिए । सञ्चारकर्मीका क्यामराले गेट तिरका मात्र दृश्य कैद गर्न भ्याए अरु तिन तिर कहाँ के भइरहेको भन्ने नजर लगाउन नै भाइएन।

बाँकी ३ तिरका दृश्य कैद गर्न नपाउदै घरको पछाडी पट्टीको भागमा प्रहरीसंग नेकपा कार्यकर्ताको जम्काभेट भइसकेको थियो । शर्माको महल अगाडी नेकपाको एक्सन सुरु भएको केही मिनेटमै खुसीका साथ रमिता हेर्न सयौ स्थानीयहरुको भिड जम्मा भइसकेको थियो ।

माओवादीले जनयुद्दकालमा समेत यसरी सहरमै भ्रष्टाचारीमाथि हमला गर्न सकेका थिएनन् भन्दै स्थानीयवासीले कुराकानी गरिरहेका थिए । स्थानीयहरु पनि सबै हतार हतार आ-आफ्नो मोबाइलमा भिडियो र फोटो कैद गर्नमा व्यस्त थिए ।

नेकपाको एक्सन अट्याक सुरु भएको करिब ५ मिनेटपछि न त त्यहा नेकपाका कार्यकर्ता थिए । न त त्यहा सुरक्षाकर्मी नै ‘चुडामणिले अपच हुने गरि खाएको थियो । नेकपाले ठिकै गर्यो’ भन्दै स्थानीयवासीले रमाइलो कुराकानी गरिरहेका थिए ।

त्यहा उपस्थित भएका जो कोहीले शर्माको घरमा के भएको हो भनेर तत्काल आकलन नै गर्न सकेनन् । कुनै खास बिषयको रिपोर्टिङ्ग गर्नुपर्ने भन्दै योजना गोप्य नै राखेर बोलाइएका सञ्चारकर्मीहरु पनि एक्कासी आएको जुलुस र यता सुरु भएको अट्याकलाई कसरी कभर गर्ने भनेर एकछिन वाक्क न बक्क भएका थिए ।

यो फिल्मी शैलीको एक्सक्ल्युशिभ दृश्य क्यामरामा कैद गर्नु मिडियाकर्मीका लागि पनि अवसर र चुनौती दुवै थियो । नेकपाको उक्त अट्याकले टोलमा पुरै सन्नाटा छाइसकेको थियो । आँखाले एक सेकेन्ट पनि यता उता हेर्न नभ्याउदै नेकपाका कार्यकर्ताहरु आफ्नो मिसन पुरा गरेर बाटो लागिसकेका थिए ।

एकैछिन अगाडीसम्म सुन्दर देखिने शर्माको आलिशान बंगाला करिब ५ मिनेटमै गेटदेखी भित्रैसम्म कबाडी खाना जस्तो देखिसकेको थियो । पर्खाल पुरै तोडफोड भएर ध्वस्त भएको थियो । गेटमा राखिएको सिसिटिभी क्यामरा, बिजुलीको बल्भ, र तार बार गरिएको आधुनिक पर्खाल एकैछिनमा धुजा-धुजा भएको थियो ।

गेटमा ‘भ्रष्टाचारी चुडामणी शर्मालाई कारवाही गर, सम्पति राष्ट्रियकरण गर’ भन्ने नारा लेखिएको कालो ब्यानर र कम्युनिष्ट पार्टीको झण्डा गाडिएको थियो ।

फिल्मी शैलीको उक्त एक्सनमा सहभागी नेकपा नेता कार्यकर्ताहरुले ‘आदेश देउ विप्लव दाइ भ्रष्टचारीलाई कारबाही गर्न तयार छौ ।’ ‘नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद’ ‘दलालहरु होसियार’ भन्दै नाराबाजी गरेर त्यहाबाट फर्किएका थिए ।

हामीले उक्त घटनाको रिपोर्टिङ्ग गर्दा फिल्डमा जे देखियो । हेर्नुहोस् भिडियोमा

२०७४ माघ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड