इमान्दार संवाददाता
९४ पटक

मालिङ गाउँपालिका २ सैलुङका रामबहादुर गूरुङ दुई छोरा र दुई छोरीका बाबु हुन् । उनकी जेठी छोरी सात कक्षामा पढदै गर्दा १४ बर्षकै उमेरमा भागेर विहे गरिन् ।

गुरुङको छिमेकमा विहे भोज थियो ।  भोजमा सहभागी हुन छिमेकी गाउँबाट आएको एक युवकले भोजबाटै उनलाई भगाएका थिए ।

गुरुङकी कान्छी छोरीले पनि ९ कक्षामा पढ्दै गर्दा भागेर बिहे गरेकी थिईन् । सैलुङकै ८० बर्षीया उज्याली गुरुङ १० बर्षको उमेरमा मागी बिहे गरेको बताउँछिन् ।

उनका ४ छोरा र २ छोरी छन् । छोरीमध्ये जेठी मनमायाको १४ बर्षको उमेरमा र कान्छी पुर्णमायाको १६ बर्षको उमेरमा विहे भएको थियो ।

उनी भन्छिन्, उमेर पुगेका युवायुवतीमध्ये विवाह हुनेको भहईहाल्छ, नहुनेमध्ये केही रोजगराको खोजीमा र केही अध्ययनका लागि सहर वा विदेश जाने भएकाले गाउँमा १६ बर्षमाथिका युवायुवती देखिँदैनन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

२०७४ माघ २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड