इमान्दार संवाददाता
३११ पटक

नेपाली लोक पप तथा देउडा गायक चक्र बमले सोमबार देउडा गीत ‘नाच भुन्टी नाच’ झुमा २ बजारमा ल्याएका छन्।

पछिल्लो समय नेपाली साँगितिक बजारमा युवादेखी बुढाबुढी पुस्तासम्मको मन छुने गीतहरु बजारमा ल्याएर चर्चा कमाएका बमले सोमबार आफ्नै युट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्बजनिक गरेका छन्।

यहि हप्ता ‘टाप बम्बै’ बजारमा ल्याएका बमले लगत्तै अर्को भिडियो सार्बजनिक गरेका छन्। बिगतमा उनका ‘नाच मेरी झुमा’, ‘धौलिको ब्या’, ‘दारु सड्काउने’ लगायतका गीतहरु बजारमा हिट भएका कारण उनले पछिल्लोसमय लोक बजारमा कब्जा जमाउदै आइरहेका छन्।

‘नाच भुन्टी नाच’ बजारमा ल्याएपछि इमान्दार मिडियासँग कुरा गर्दै उनले भने- ‘बिगतमा जस्तै यसपाली पनि मलाई मेरा प्यारा श्रोता, दर्शक तथा पाठकहरुले माया गर्नु हुने छ भन्ने आशा गरेको छु ।’

गायक चक्र बम आफैले प्राय गीतमा सब्द, संगीत पनि आफैले गर्ने गरेका छन्। पछिल्लोपटक नेपाली साँगितिक बजारमा उनलाई बहुआयामिक प्रतिभा भएका उदयमान कलाकारका रुपमा हेर्न थालिएको छ।

हेरौ सोमबार सार्बजनिक भिडियो ‘नाच भुन्टी नाच’

यो पनि हेर्नुहोस 

आफ्नै गाउँकी बेलमती लिएर गायक चक्र बम बम्बै टाप, भन्छन् गल्ती भए माफ (भिडियोसहित)

२०७४ माघ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड