इमान्दार संवाददाता
२९४ पटक

काठमाडौं ।

सुदूरपश्चिमेली समाज जापानको पाचौ अधिवेशन आईतबार जापानको टोक्योमा भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने मूल नाराका साथ स्थापित सुदूरपश्चिमेली समाजको अधिवेशनले एकेन्द्र थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा मदन साउँद , कृष कोईराला र दल ब. धामी, महासचिवमा दिनेश अधिकारी र सचिव जयॉंनन्द भट्ट, प्रकाश चन्द्र जोशी र रामु विष्ट रहेका छन भने  कोषाध्यक्षमा नृप कुँवर र सह कोषाध्यक्षमा पुनम विष्ट तथा भैरव थापा र आस्था खत्री युवा संयोजक रहेका छन् । प्रवक्ताको जिम्मेवारी एच.बी ताम्राकारले पाएका छन् ।

एनआरएनए (आईसीसी) का अध्यक्ष भवन भट्ट प्रमुख आथित्यमा सम्पन्नअधिवेशनको विशेष अतिथि एनआरएनए जापानका बरिष्ठ उपाध्यक्ष्य देबी लाल भण्डारी थिए । भट्टले सामाजले स्थापना गरेको १०० मानको आर्थिक कोषमा १० मान सहयोग गरेका छन् ।

सोहि अवसरमा सुदुरपश्चिमेली समाज जापानको संस्थापक अध्यक्ष चन्द्र राज उपाध्याय , पूर्व अध्यक्ष द्घय आशीष रावल र डा. भरत नेगी र सफल व्यवसायी दिपक सुवेदीलाई विशेष रुपले समाजकालागि योगदान पुर्याएको भन्दै सम्मान समेत गरेको छ ।

नयाँ कार्यसमितिमा चेतमान रावल, पूर्ण जैशी, उज्वल सिंह डडाल, प्रविन टेलर, भक्तराज जोशी र खेम ओझा छन । त्यस्तैचन्द्र उपाध्याय, आशीष रावल, डा. भरत नेगी, पदम ठगुन्ना, पूर्ण चलाउने, पवन वर्षा शाह, रामु खड्का, प्रेम बुढ़ा, लोकेन्द्र जंग कुँवर, दिलेन्द्र जोशी र डन्ड बजगाँई  सल्लाहकार रहेका छन् ।

२०७४ माघ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड