इमान्दार संवाददाता
१९३ पटक

काठमाडौँ ।

नेपाली चलचित्र क्षेत्रमा अहिले निकै चर्चा कमाएको नायक–नायिका हुन्, अनमोल केसी र अदिती वुढाथोकी । अनमोल र अदिती अभिनित नयाँ चलचित्र ‘कृ’ आगामी माघ २६ गतेबाट देशव्यापी रिलिज हुँदैछ ।

नायक भुवन केसीका सुपुत्र अनमोल युवामाझ निकै लोकप्रिय छन् । चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्न लागेकी नायिका अदिती पनि चलचित्र लिरिल हुनु अघि देखि नै निकै चर्चामा रहेको छ । यी दुई जोडीको चलचित्र ‘कृ’ यो वर्षको सर्वाधिक प्रतिक्षित चलचित्र हो।

सुरेन्द्र पौडेलको निर्देशनमा बनेको ‘कृ’को ‘मैले जानी नजानी’ बोलको गीतको भिडियो स्कटल्याण्डमा खिचेर निर्माण टोली नेपाल फर्किएको छ । भिडियोमा अनमोल र अदितीले स्कटल्याण्डको रमणिय स्थानमा रोमान्स गरेको छन् ।

गीत सार्वजनिक हुनुभन्दा अगाडि गीतका छायांकनका क्रममा लिइएका तस्विरहरु बाहिरिएका छन् । जसमा दुवै जना रोमान्टिक मुडमा देखिएका छन् ।

रोदित भण्डारीको स्वर र शब्द तथा रोदित र विशेष पाण्डेको संगीत रहेको सो गितको छायांकन स्कटल्याण्डमा गरिएको हो । गीतको भिडियोमा अनमोल र अदितीले अभिनय गरेका छन् । सो गीतको भिडियो सोमबार सार्वजनिक हुँदैछ ।

२०७४ माघ २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड