इमान्दार संवाददाता
५६० पटक

जवानीमा सबैको जोस हुन्छ, मनमा उमङ्ग हुन्छ । तर त्यहि जवानीको उमङ्ग र जोसले कतिपय मानिसहरुले होस् गुमाउने गर्छन् । जसकारण उनीहरुको जिवनमा दिर्घकालिन असर पर्न जान्छ र पछुताउँनु पर्ने हुन्छ ।

त्यसैले जवानीको जोसमा हामीले संयमता अपनाउनु पनि एकदमै आवश्यक हुन्छ । विशेषगरी महिलाहरु जो जवान छन् उनीहरुले ज्यादै होसियारी अपनाउनु राम्रो हुन्छ ।

चाणक्य नीतिमा जीवनपयोगी सम्बन्धि यस्ता धेरै सन्दर्भहरु उल्लेख गरिएका छन् । आज भने हामी तपाईहरुलाई जवान महिलाले जवानीमा भुल्नै नहुने कुराहरुबारे उल्लेख गर्दैछौं :

१. यो सधै याद गर्नुहोस् कि, शिक्षा सबैभन्दा असल मित्र हो । एक शिक्षित व्यक्तिले हरेक स्थानमा सम्मान पाउँछ । र शिक्षाले सुन्दरता र यौवनलाई नै परास्त गरिदिन्छ ।

२. कुनै पनि काम सुरु गर्नुअघी आफैंलाई तीन वटा प्रश्न गर्नुहोस्- म यो के काम गरिरहेछु वा गर्नेछु, यसको परिणाम के हुन सक्छ र म यसमा सफल हुन्छु कि हुँदिन ?

३. हामीले विगतको बारेमा कहिल्यै पश्चात्ताप गर्नुहुँदैन । र भविष्यको बारेमा पनि अनावश्यक चिन्ता लिनु हुँदैन । विवेकशील मानिसले हरसमय वर्तमानमा राम्रो गर्नुपर्छ, वर्तमानलाई आफ्नो वशमा राख्नुपर्छ ।

४. खराब मित्रलाई कहिल्यै विश्वास नगर्नुहोस् । र असल साथीलाई आवश्यकताभन्दा बढी पनि विश्वास नगर्नुहोस् किनकी, कुनै दिन उनीहरु तपाईसँग रुष्ट भएभने त्यसबेला सबै रहस्य खोलिदिनेछन् ।

५. एकपटक कुनै काम सुरु गरेपछि मनबाट असफलताको डर निकालेर इमान्दारिताका साथ काम गर्नुहोस् । डरलाई त्याग्नुहोस् किनकी इमान्दारिताका साथ काम गर्ने मानिस सधै‌ खुसी हुन्छ र सफल पनि ।

६. आफ्नो गोप्य रहस्यबारे अरु कसैलाई पनि भन्नु हुँदैन । यस्तो बानीले तपाईलाई बरबाद बनाउँन सक्छ ।

२०७४ माघ २१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड