इमान्दार संवाददाता
१२४ पटक

काठमाडौँ ।

प्रभु बैंकको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय बिबरणमा गत बर्षको तुलनामा चालु आर्थिक बर्षको त्रैमासमा खुद नाफा ४२.९१ प्रतिशतले घटेको हो ।

बैंकले सार्वजनिक गरेको बिबरणमा गत वर्ष १ अर्ब ११ करोड २३ लाख २८ हजार रुपैयाँ खुद नाफा रहेकोमा यो वर्ष भने ६३ करोड ४९ लाख ६२ हजार रुपैयाँमा सीमित भएको हो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा गिरावट आउँदा खुद नाफा पनि तल झरेको हो ।

यो अवधिमा बैंकले ५१ करोड २४ लाख ४९ हजार रुपैयाँ राइट ब्याक गरेको छ । प्रभुको निक्षेप संकलन ८६ अर्ब १२ करोड ८० लाख ३७ हजार रुपैयाँ छ भने कर्जा लगानी ७१ अर्ब ६३ करोड ७८ लाख ५६ हजार रुपैयाँ पुगेको छ ।

बैंकले सीसीडी रेसियो ७५.२४% कायम गरेको छ । खराब कर्जा ४.१२% छ । बैंकको चुक्ता पुँजी ६ अर्ब ५३ करोड ३४ लाख १४ हजार रुपैयाँ छ ।

२०७४ माघ १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड