६० पटक

नकुल चौलागाई ।

माओवादी नेतृत्वमा जब दशबर्षे जनयुद्ध भयो । त्यसको जगमा १९ दिने जनआन्दोलन भयो । यी दुईवटा संघर्षमा राज्य पक्ष र विद्रोही पक्ष दुबैको तर्फबाट १७ हजार भन्दा बढी मान्छेको बलिदान भयो । जनयुद्धमा कयौं नारीको  सिन्दुर पुछियो, कयौं आमाबुवाको कोख रित्तियो,  हजारौ नेपाली अहिलेसम्म पनि बेपत्ता पारिएका छन्। हजरौ योद्दाहरू घाइते अपाङ्ग छन ।

जनयुद्धमा भएको १७ हजारको बलिदानले देशमा आंशिक परिवर्तन त भयो तर उक्त उपलब्धिलाई सस्थागत नगर्दै माओवादीको तत्कालिन नेतृत्व प्रचण्ड बाबुरामले दलाल संसदवादीसँग मिलेर माओवादी आन्दोलनको विसर्जन गरे ।

यसले हिजो माओवादीले जनतामा बाडेका सपनाको हत्या त भयो माओवादी आन्दोलनमा लाग्ने नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुको झन् बिचल्ली भयो, जसले नेता कार्यकर्तामा पलायन भावको विकाश भयो । हजारौ हजार लडाकु कमरेडहरु खाडी जानुपर्ने बाध्यता आयो ।

हिजो जनताको बिचमा जाँदा पुरानो संसदीय व्यबस्था अन्त्य गर्ने प्रतिबद्धता जाहेर गर्ने प्रचण्ड बाबुरामले आज त्यही दलाल संसदिय ब्यबस्था नै ठिक हो भन्दै आत्मसमर्पण गरेपछि हजारौ सहिदको बलिदान र लाखौ नेता कार्यकर्ताको पसिनाको मूल्य नै रहेन, भने माओवादीले करोडौं जनतामा बाडिएको सपनामाथि समेत कुठाराघात भएको छ ।

विनासर्त नेपालको परिबर्तनका लागि ज्यानको बाजी राखेर लड्ने हजरौ हजारको संख्यामा रहेको जनमुक्ति सेनालाई विघटन गरेर खाली हात घर पठाइयो, जनमुक्ति सेना ब्यबस्थापनको नाममा अरबौं भ्रष्टाचार गरियो, साथै जनताको मुक्तिका निम्ति जीवनको प्रवाह नगरी दशकौं लड्ने योद्दाहरूलाई रुवाउदै प्रतिक्रियावादी मार्फत अयोग्य घोषणा गरियो ।

जस कारण नयाँ जनवादी ब्यबस्थाका निम्ति लडेका आम जनसमुदायको सपनामाथि बज्रपात भयो र गरिब सर्वहारा वर्गलाई बिचल्ली बनाइयो ।

प्रचण्डको मनोमानी र घमण्डका कारण माओवादी पार्टीको विभाजन भयो । पार्टीलाई जबर्जस्त संसदीय भाषमा हाल्न खोज्ने प्रचण्ड प्रवृति हावी भएपछि आन्तरिक कलह चरमोत्कर्षमा पुग्यो र परिणाम स्वरुप हिजो आफ्नै टाउकोको मुल्य तोक्ने, धर्म निरपेक्षता र संघीयता बिरोधीसँग प्रचण्डले आत्मसमर्पण गर्नुपर्यो भने क्रान्तिकारीहरु छुट्टिएर अलग्गै पार्टी गठन गर्नुपर्ने परिस्थितिको सिर्जना भयो ।

गरिब सर्वहारा जनालाई बाडेका सपनाको हत्या गर्दै नेपालाई अनिर्णयको बन्दी बनाउने उही दलाल राज्य ब्यबस्थासँग घाटी जोडेर आफ्नो बर्गलाई घात गरियो । यति मात्र हैन नेपाललाई सिक्किमीकरण गर्ने योजनामा समेत प्रचण्ड बाबुरामहरु लागे । यसले आम जनता र पार्टी कार्यकर्ता शुभचिन्तकले माओवादी नेतृत्वबाट कुनै आशा गर्न सकेनन् ।

पछिल्लो समय माओवादी नेता कार्यकर्ताले शहिद परिवार, बेपत्ता परिवार, घाइते अपाङ्ग योद्दाहरूमाथि गरेको घिनलाग्दो व्यबहारले उनीहरु दिनप्रतिदिन नांगिदै गएका छन् ।

जनयुद्धमा बगेको सहिदको रगतलाई कुल्चेर नेपाली जनताका अशली पहरेदार जनमुक्तिसेनालाई जसरी अपमानजनक तरिकाको नेपाली सेनामा बिलय गराइयो त्यसले प्रचण्डको चरम अवसरवादी चरित्रको मुकुण्डो उत्रिएको छ । पहिलो संबिधानसभाको चुनावले दिएको म्यान्डेडअनुसार माओवादी नेतृत्व चल्न सकेको भए सम्भवतः नेपालमा हामीले चाहेको ब्यबस्था ल्याउन एक हदसम्म प्रयास गर्न सकिने थियो ।

संबिधानसभाको विघटनमा प्रतिक्रियावादीले खेलेको भूमिकालाई जनतामा ल्याउन र विद्रोहको घोषणा गर्न प्रचण्ड बाबुराम तयार भएनन् । कारण उनीहरुमा चरम आत्मसुरक्षावाद हामी भइसकेको थियो । अर्को संबिधानसभाको चुनावपछि प्रचण्ड बाबुरामको पुरानै ब्यबस्थालाई व्यवस्थित गर्ने अश्लीयत जनताले बुझिसकेका थिए। ६०१ सांसद कथित संसदीय व्यवस्थाका अशली पहरेदार बाहेक अरु केहि नभएको प्रष्ट भयो ।

पहिलो संबिधानसभाको विघटनपछि माओवादी बरिष्ठ उपाध्यक्ष रहेका कमरेड  मोहन बैद्य ‘किरण’ र तात्कालिक पार्टीका बरिष्ठ पोलिटब्युरो सदस्य कमरेड नेत्र विक्रम चन्द ‘विपल्व’ लगायतका नेताहरुले माओवादी आन्दोलनको रक्षा र बिकाश गर्दै बाँकी क्रान्तिका कार्यभार आफुहरुले पुरा गर्ने संकल्प लिएका थिए । जुन कदम इतिहासमा सधै सम्मान गर्न योग्य रहने छ ।

नेपालको माओवादी आन्दोलनले जनामाएको आफ्नै क्रान्तिकारी सेना, सत्ता र जनअदालतको विघटन भइसकेको परिवेशमा समेत पुनः क्रान्तिको निम्ति निरन्तर अगाडी बढ्ने संकल्प पछिल्लो पटक विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मात्र लिएको हामीले देखेका छौ ।

नेपालका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरुलाई एकै झण्डामुनि गोलबन्द गर्ने योजनासहित नेपालका आम शोषितपिडीत सर्वहारासहित नेपालको राष्ट्रिय पुजीपति तथा मध्यमबर्गीय तप्कालाई समेत समेटेर गरिने आगामी क्रान्तिका लागी हामि सबैले हातमा हात र काधमा काध थापेर अगाडी बढ्नुको विकल्प नरहेको पंतिकारको निष्कर्ष हो ।

जनताका सपनाहरुको हत्या गर्नेहरुलाई समेत इतिहासको कठघेरामा उभ्याएर नेपालमा जनवादी व्यबस्था स्थापना गर्न हामी आफैले बाडेका सपना पुरा गर्न र प्रचण्ड बाबुरामले रछ्यानमा फालेको लाल झण्डालाई उठाउदै निराशालाई आशामा बदल्ने उद्घोष गरेका कमरेड विप्लवको नेतृत्वमा एकजुट भएर नेपालमा आमुल परिवर्तनका लागी गरिने हरेक संघर्षमा सँगै रहनु नेपालका बाम बुद्धिजीवी, पेशाकर्मी, कर्मचारी, बिद्यार्थी, ब्यापारी र मजदुर किसानको कर्तव्य भइसकेको छ ।

नेपालमा हालै सम्पन्न भएका कथित स्थानीय तह र प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनपछि पुरानो व्यवस्थाले जनालाई जबर्जस्त शोषण गर्न खोजेको, डबल करको मारमा पार्न खोजेको देखिएको छ । दलालीकरण, भ्रष्टाचार र कमिसनखोर झन् मौलाएको देखिएको छ । त्यसैले यस प्रकारको दलाल संसदीय व्यवस्थाबाट नेपालको उन्नति, प्रगति र सम्वृद्धि सम्भब छैन, तसर्थ अर्को विद्रोहका लागि जुट्नुको विकल्प छैन ।

२०७४ माघ १५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड