इमान्दार संवाददाता
१९१ पटक

जाडो समयमा शरिरलाई तातो राख्न न्यानो कपडा लगाउनुमात्र पर्याप्त हुँदैन । यस्तो मौसममा केही यस्ता खाने कुराहरु खानु आवश्यक हुन्छ जसले शरिरलाई न्यानो बनाउन मदत गर्छ ।

शरिरलाई भित्रदेखी नै न्यानो बनाउन सकेमा शरिर स्वस्थ रहनसक्छ भने चिसोबाट लाग्ने विमारीबाट पनि बच्न सकिन्छ । यही कारण पनि जाडो मौसममा खानपिनमा विशेष ध्यान दिनु उचित रहन्छ ।

पिनट खानुका धेरै फाइदाहरु

१०० ग्राम बदामभित्र धेरै पोषक तत्वहरु हुने गर्छ । यसमा २५.३ ग्राम प्रोटीन, फ्याट ४०.१ ग्राम, मिनरल्स २.४ ग्राम, फाइबर ३.१ ग्राम, कार्बोहाइड्रेड २६.१ ग्राम, उर्जा ५६७ क्यालोरी, क्यालसियम ९० मिलीग्राम, फोसफोरस ३५० ग्राम, आयरन २.५ मिलीग्राम, केरोटीन ३७ मिलीग्राम, थाइमिन ०.९० मिलीग्राम, फोलिक एसिड २० ग्राम हुन्छ ।

जाडोबाट बचाउँछ बदामले

बदामका धेरै गुणहरु रहेका हुन्छन् । बदाम खानाले सम्झन सक्ने शक्ति बढ्छ । साथै रोगसँग लड्ने रक्षा शक्ति पनि बढाउँछ । यसको सेवनले कब्जियतको समस्या पनि कम हुन्छ ।

अदुवाले शरिरलाई गर्मी प्रदान गर्छ

दैनिक भोजनमा अदुवालाई मिसाएर खानाले स्वास्थलाई ठुलो लाभदायक गर्छ । यसले शरिरमा ठुलो सानो रोगसँग लड्ने काम गर्छ । यसले खाना पाचन गर्न समेत मदत गर्छ ।

महले निरोगी राख्ने काम गर्छ

शरिरलाई निरोगी, स्वास्थ्य तथा उर्जावान राख्न महले ठुलो भुमिका खेल्छ । यसकारण पनि आयुर्वेदमा यसलाई अमृत पनि भनिन्छ । जाडो मौसममा मह खानाले पाचन प्रणाली राम्रो सुधार देखिन्छ ।

रसिलो फल नखाएकै राम्रो

सुन्तला, रसले भरिएका फलफुलहरुले तपाईको शरिरलाई फाइदा गर्दैन । यसले शरिरलाई चिसो बनाउने काम गर्छ ।

२०७४ माघ १४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड