६०० पटक

काठमाडौँ ।

नेकपा एमाले र माओवादी केन्द्र यतिबेला ‘दुर्इ मुटु एउटै धड्कन’ बनेका छन् । पार्टी एकताको गृहकार्यमा २ पार्टीका अध्यक्ष केपी ओली र प्रचण्डबीचको सम्बन्ध बाहिरीरुपमा हेर्दा निक्कै आत्मीय देखिन्छ ।

आन्तरिक अवस्था के छ भन्ने विषयमा खासै कुनै चर्चा भएको देखिदैन । यद्धपि एकतापछि पार्टी र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा भने २ नेताबीच अझै कुरा मिल्न सकेको छैन । जसकारण एकता प्रक्रिया अनिश्चित बनेको छ । त्यसकारण दुबई पार्टीका नेता कार्यकर्तामा निराशा छाएको छ ।

पार्टी एकता गर्ने भनेर कसिएका ओली-प्रचण्डले आ-आफ्ना पार्टीका नेता-कार्यकर्ताहरुलाई एकताबिरुद्ध अभिव्यक्ति नदिन कडा निर्देशन पनि दिएका छन् । तर एमाले-माओवादीका माथिल्लो तहका नेताहरु नै एकताका लागि तयार छैनन भन्ने कुरा उनीहरुको अभिव्यक्तिबाट प्रष्ट हुन्छ ।

तल्लोस्तरका नेता-कार्यकर्ताहरु भने नेतृत्वले गरेको निर्णयलाई नकार्न पनि नसक्ने तर एकताको बिषयमा सहमत हुन् पनि गाह्रो मानिरहेको अवस्था देखिन्छ । एमालेसँग एकता गर्ने कुरा विलय नै हो भन्ने बहस माओवादीको आन्तरिक सर्कलमा चलिरहेको छ ।

एमाले-माओवादी एकता आवश्यकता हो या बाध्यता ? अहिलेको परिस्थितिमा यो प्रश्न बहसको बिषय पनि बनेको छ । हिजोका दिनमा नेकपा एमाले र नेपाली कांग्रेसलाई एउटै तराजुमा राखेर जोख्ने माओवादी अध्यक्ष प्रचण्डले यतिबेला एमालेजस्तो राम्रो पार्टी अरु छदै छैन भन्न भ्याएका छन् ।

ठिक यहि समयमा प्रचण्डको एउटा भिडियो भाईरल बनेको छ । पार्टी एकताको चर्चा चलिरहेका बेला उनले एमालेलाई तथानाम गाली गरेको उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको हो ।  भिडियोमा प्रचण्डले कांग्रेस र एमाले पार्टी २ वटा हैन एउटै हाे भनेका छन् । ‘ कांग्रेस र एमाले यो दुइटा पार्टी भन्ने भ्रम आजैबाट हटोस् भन्ने म चाहन्छु ।’ उनले अगाडि भनेका छन्- ‘यो दुइटा पार्टी होइन, यो एउटै पार्टी हो ।’

अलग पार्टी हुनका लागि विचार र राजनीतिक मुद्दा अलग-अलग हुने भन्दै प्रचण्डले संबिधानसभाको दोस्रो चुनावअघि एमाले अलग्गै पार्टीजस्तो देखिएपनि पछिल्लाेसमय कांग्रेसजस्तै भइसकेको उनको तर्क छ । प्रचण्डले भिडियोमा नेपालमा अब एमाले पार्टी नै नचाहिने बताएका छन् । ‘एमाले पार्टी अब नेपालमा चाहिएको पार्टी नै हैन, काँग्रेसमा विलिन भए हुन्छ एमाले कांग्रेसभित्र घुसे हुन्छ ।’ प्रचण्डले अगाडि भनेका छन्- ‘कांग्रेसको एजेण्डामा आत्मसमर्पण गरेपछि एमाले किन एमाले बनेरै बसिरहनुपर्यो ? ‘

भिडियो हेर्दा प्रचण्डले आवेगमा यो भाषण गरेको प्रष्ट देखिन्छ तर एमालेलार्इ कांग्रेसभित्र घुस्न सुझाव दिने प्रचण्ड अहिले भने आफै एमालेमा बिलय हुने अभियानमा लागेको आरोप उनलाई लागेको छ ।

उनकै पार्टीका पोलिटब्युरो सदस्य विश्व भक्त दुलाल ‘आहुति’, बलराम तिमिल्सिना, बिष्णु भण्डारी लगायातका सयौ नेता कार्यकर्ताले पार्टी परित्याग गर्दै माओवादी आन्दोलनको रक्षा गर्न छलफलमा जुटेका छन् ।

हेर्नुहोस प्रचण्डको भाइरल बनेको भिडियो

२०७४ माघ १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड