इमान्दार संवाददाता
३५७ पटक

काठमाडौं । 

नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाले जनयुद्ध दिवसकै दिन आफ्नो सङ्गठनको तेस्रो अधिवेशन गर्ने निर्णय गरेको छ ।

बिहीबार मलेसियाको राजधानी कोलालम्पुरमा बसेको सङ्गठनको बैठकले यस्तो निर्णय गरेको हो । सबै क्रान्तिकारी नेपालीहरु एकै ठाउँमा जम्मा भएर जनयुद्ध दिवश र मोर्चाको तेस्रो अधिवेशन गर्ने निर्णय भएको सङ्गठनका प्रवक्ता  मीन बहादुर सुनार ‘तुफान’ले इमान्दार मिडियालाई बताए।

मोर्चाले मलेसियामा रहेका नेपालीहरुबीच भेटघाट र आत्मियता बढाउने सोचले त्यस्तो कार्यक्रमको आयोजना गरिएको उनले बताए।मंगलबार कामबाट समय निकालेर जनयुद्ध दिवस र तेस्रो अधिवेशन संगै गर्ने तयारी भएको सङ्गठनका महासचिव अर्जुन सुवेदीले बताए। उनले मलेसियामा रहेका सबै देशभक्त नेपालीहरुलाई कार्यक्रममा उपस्थितिका लागि आग्रह पनि गरेका छन् ।

एकीकृत जनक्रान्तिबाट पुरानो राज्ययवस्थाको अन्त्य र नयाँ जनवादी राज्यब्यव्स्थाको निर्माण गर्न नेकपाले चलाएको राष्ट्रियताको आन्दोलनमा लाग्नुको विकल्प नरहेको भन्दै सुवेदीले आफुहरु विदेशमा रहेर पनि क्रान्तिका लागि एकबद्ध रहेको बताए ।

उनले इमान्दार मिडियासँग भने- ‘प्रवासमै रहेर पनि हामीहरु नेपाली समाज रुपान्तरणको आन्दोलनमा सक्रिय छौं ।’ नेकपासँग आवद्ध वैदेशिक रोजगारीको सिलसिलामा नेपाल बाहिर रहेका नेपालीहरु सङ्गठन बनाएर प्रवासबाटै सक्रिय रापमा काम गरिरहेका छन् ।

२०७४ माघ १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड