इमान्दार संवाददाता
४५७ पटक

काठमाडौं ।

राष्ट्रिय सभा चुनावमा नेपाली काँग्रेसले पूर्वमा पनि विजयको खाता खोलेको छ । प्रदेश नम्बर १ बाट महिलातर्फबाट काँग्रेस उम्मेदवार सरिता प्रसाई निर्विरोध निर्वाचित भएकी छन् ।

बुधबार उम्मेदवारी दर्तासँगै काग्रेस नेतृ प्रसाई निर्विरोध विजयी भएकी हुन् । निर्वाचन अायोगले अौपचारिक रुपमा १५ गतेमात्रै घोषणा गर्ने भएको छ ।

त्यसैगरी ७ नम्बर प्रदेशबाट नेपाली काँग्रेसका दुई उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय सभा निर्वाचनमा नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र तीनै पार्टीले खाता खोलेका छन् ।

प्रदेश नं. ७ बाट तीनै पार्टीले खाता खोलेका छन् । एमाले तीन, काँग्रेसले दुई र माओवादी केन्द्रका एक जना विजयी भएका छन् ।

वाम गठबन्धनको तर्फबाट चार र नेपाली कांग्रेसको तर्फबाट दुई गरी ६ जना निर्विरोध भएका हुन ।

बुधवार भएको उम्मेदवारी मनोनयनको क्रममा खुला र महिलातर्फ आवश्यक सदस्य संख्यामा मात्रै उम्मेदवारी परेपछि तीन महिला र खुला सदस्यहरु निर्विरोध हुने भएकोले उनीहरु निर्विरोध भएका हुन् ।

निर्विरोध हुनेहरुमा खुलातर्फ एमाले अछामका अध्यक्ष एवं पूर्व सभासद् शेरबहादुर कुँवर, नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे र नेकपा माओवादी कैलाली जिल्ला इन्चार्ज हरिराम चौधरी ‘उत्सव’ रहेका छन् ।

यस्तै महिलातर्फ एमाले केन्द्रीय सहरी बिकास बिभाग सदस्य ईन्दु कडरिया, कैलाली जिल्ला कमिटी सदस्य कमला वली र नेपाली कांग्रेसका उम्मेदवार तथा पूर्व शिक्षिका तारादेवी भट्ट रहेका छन ।

निर्वाचन अधिकृतको कार्यालयले घोषणा भने गरिसकेको छैन । तर, आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेका कारण महिला र खुला सदस्यका लागि निर्वाचन नहुने भएको छ ।

प्रदेश नम्बर सातबाट निर्विरोध हुँदा पनि काँग्रेस दोस्रो स्थानमा रहेको छ । यस्तै अवस्था रहे राष्ट्रिय सभामा पनि काँग्रेस दोस्रो नै हुने देखिएको छ ।

राष्ट्रियसभामा प्रदेश ५ बाट नेकपा एमालेका उम्मेदवारहरु कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटाको मात्र उम्मेदवारी परेको निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

उनीहरु निर्वाचित भएको वा नभएको औपचारिक घोषणा भने उम्मेदवारको नाममाथि दाबी विरोधको समय सकिएपछि माघ १५ गतेमात्रै हुने उनले बताए । मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले यसको औपचारिक घोषणा माघ १५ गतेमात्रै हुने बताए ।

यो बीचमा कसैले उम्मेदवारी फिर्ता लिनसक्ने र कसैका विरूद्धमा दाबी विरोध पर्न सक्ने भएकाले निर्वाचन आयोगले १५ गते मात्रै त्यसको घोषणा गर्ने रावलको भनाई छ ।

पाँच नम्बर प्रदेशबाट ३ जना महिलाको कोटामा अरु कसैको उम्मेदवारी नपरेपछि तीनै जना महिला नेतृलाई बधाई दिन थालिएको छ । राष्ट्रियसभा निर्वाचनमा एउटा प्रदेशबाट ८ जना निर्वाचित हुने व्यवस्था छ । त्यसमध्ये महिला ३ जना हुनेछन् ।

२०७४ माघ १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड