इमान्दार संवाददाता
४३८ पटक

हामी हाम्रो मिडिया संचालनको करिब १० महिनापछि नयाँ डिजाइनका साथ आएका थियौ । हुन त हामीले इमान्दार मिडियाको परिक्षण प्रकाशन/प्रसारण गत बर्ष साउनमै गरेका थियौ । तर बिबिध कारणबस हामीले लगत्तै सुरु गर्न सकेनौ र २०७३ मङ्सिर २१ गतेदेखि नियमित प्रकाशन/प्रसारण आरम्भ गर्यौ ।

डिजाइनको हिसाबले भने अरु कयौं साइटहरुभन्दा हजारौ गुणा राम्रो डिजाइन इजिसफ्ट नेपालले गरेकै थियो । यसका बाबजुद पनि हामीले इमान्दार मिडियालाई केहि नयाँ बनाउने योजना बनायौ । हाम्रो अफिसियल योजना सँगसँगै त्यसमा सबैभन्दा बढी चासो र एडभान्स डिजाइन गरेर संचालन गर्ने इच्छाशक्ति इजिसफ्टले देखाएको छ ।

यो बिचमा हामीले अनलाइनलाई नयाँ-नयाँ फिचरले भरिपुर्ण बनाउने कन्सेप्टसहितको योजना इजीसफ्टलाई पेश गरेपछि त्यसमा केही थपघट गरी नयाँ डिजाइन कार्य सुरु गरिएको छ । हामी यो पुनःनिर्माण कार्यलाई तत्काल सक्ने गरी लागिरहेका छौ ।

यो बिचमा हाम्रो साइटमा केही समस्या देखिन सक्ने भएकाले त्यसबाट हाम्रा बिज्ञापनदाता र पाठकवर्गलाई हुने असुविधाप्रति इमान्दार मिडिया टीम क्षमाप्रार्थी छ ।

यो पनि पढ्नुहोस् 

इमान्दार मिडिया नयाँ स्वरुपमा

२०७४ माघ १० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड