इमान्दार संवाददाता
१२७० पटक
काठमाडौँ ।

नेपालमा यतिखेर संसदीय राजनीतिक दलहरुको नेतृत्वमा स्थानीय तह हुदै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गरेर पुरानो ब्यबस्थालाई सुदृढ़ गनर दिशातिर अगाडी बढिरहेका बेला कलाकारहरुले देशमा विप्लवको खाँचो भएको बताएका छन् ।

उनीहरुले उक्त कुरा कुनै सभा समारोह र भेला बैठकमा नभई ‘हाम्रो कुरा साचो छ, देशमा विप्लवको खाँचो छ’ बोलको गीतमार्फत जनतालाई शन्देश दिन खोजेका हुन् । जनयुद्दले जन्माएका गायक सर्बिन बोगटी र गायिका पार्वती न्यौपानेको स्वर तथा विश्वास चन्द ठकुरीको सब्द रचना रहेको उक्त गीत शुक्रबारदेखी बजारमा आएको छ ।

बिग परिवेश डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीत आर एन सि म्यूजिक युट्युब च्यानलमार्फत सार्बजनिक भएको छ । गीतमा पुरानै ब्यबस्थालाई ब्यूताउने कोसिस गरिएको भन्दै देशमा विप्लवको खाँचो भएको बताइएको छ ।

पुरानो व्यवस्थाले जनतामा नाम मात्रको गणतन्त्र लाद्न खोजेको र चरम शोषण दमन थोपरी रहेको भाव ब्यक्त गरिएको छ । त्यसैले उक्त व्यबस्थाको अन्त्य गरी जनताको ब्यबस्था बैज्ञानिक समाजवाद स्थापना गर्नको लागी सबै नेपालीलाई एकजुट हुन् आव्हान गीत मार्फत गरिएको छ ।

लामो समय देशमा पुरानै ब्यबस्था टिक्न नसक्ने भएकोले त्यसको बिकल्पमा जनताको आफ्नै ब्यबस्था स्थापनाका लागी बैकल्पिक नेताको खाँचो भएको र उक्त जिम्मेवारी पुरा गर्न विप्लव मात्र सक्षम हुनसक्ने भाव गीतमा समेटिएको छ ।

पछिल्लो समय संसदवादी दलहरुले कलाकारहरुलाई आफ्ना चुनावी गीत गाउँन र चुनावी सभाहरुमा प्रस्तुतिमा दिन लगाइरहेका बेला त्याे परम्परा तोड्दै प्रगतिशील कलाकारहरुले भने यसरी पुरानो व्यबस्थाको अन्त्य र नयाँ ब्यबस्था प्राप्तिका लागि जनवादी गीत गाउँ थालेका छन् ।

हेर्नुहोस् उक्त गीतको भिडियो

२०७४ माघ ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड