इमान्दार संवाददाता
१८९ पटक
काठमाडौं ।

न्यूजिल्याण्डकी प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी छन् । सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटना हो ।

यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा बच्चालाई जन्म दिएकी थिइन् । उनले बच्चा जन्मिएको ६ हप्तासम्म उपप्रधानमन्त्री विन्सटन पिटर्सले आफ्नो पदको जिम्मेवारी सम्हाल्ने पनि बताएकी छन् ।

३७ वर्षीय आर्डन गत अक्टोबरमा मध्य वामपन्थी गठबन्धन बनाएपछि न्यूजिल्याण्डकी सन् १८५६ यता कै सबैभन्दा कान्छी प्रधानमन्त्री भएकी थिइन् । शुक्रबार आफ्नो सामाजिक सञ्जालमा गर्भवती भएको घोषणा गरेपछि उनलाई व्यापक समर्थन आएको छ ।

प्रधानमन्त्री आर्डनले आफ्ना प्रेमी क्लार्क गेफोर्डले घरमा बसेर सन्तान हेर्ने बताइन् । आर्डनले आफ्नो इन्स्टाग्राममा लेखेकी छन्, “हामीलाई लाग्यो कि सन् २०१७ महत्वपूर्ण वर्ष हो ।”

आर्डनको पार्टीले सेप्टेम्बरको चुनावमा दोस्रो स्थान पाएको थियो भने कुनै पनि पार्टीले बहुमत ल्याउन सकेका थिएनन् । लेबर पार्टीले पिटर्सको फर्स्ट पार्टीसँग गत वर्षको अक्टोबर महिनामा गठबन्धन गरेको थियो ।

उक्त ६ हप्ताभर आफू उपप्रधानमन्त्रीसँग सम्पर्कमै रहने र आवश्यकता पर्दा जुनसुकै बेला उपलब्ध हुने उनले एउटा विज्ञप्तिमार्फत बताएकी छन् । आर्डनले आफू प्रधानमन्त्री हुनु ६ दिनअघि आफू गर्भवती भएको थाहा पाएको र त्यो पूर्ण रूपमा अचम्मित पार्ने खालको भएको बताएकी हुन् । उनले उक्त विज्ञप्तिमा बच्चासँगै काम गर्ने महिला आफूमात्रै नभइ थुप्रै भएको र यसअघि थुप्रै महिलाले यस्तो गर्दै आएको बताएकी छन् ।

उनलाई बधाई दिनेको शुरुको सूचीमा न्यूजिल्याण्डका दुई पूर्व प्रधानमन्त्रीहरू रहेका छन् । आर्डनले गत जुलाईमा लेबर पार्टीको नेतृत्व सम्हालेकी थिइन् । बीबीसी

२०७४ माघ ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड