इमान्दार संवाददाता
६३१ पटक
काठमाडौं ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् भौतिक योजना, पूर्वाधार तथा यातायातमन्त्री वीरवबहादुर बलायरले पार्टी परित्याग गर्ने धम्की दिएका छन् ।

७ नम्बर प्रदेशको अस्थायी केन्द्र कैलाली तोकिएको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवासँग उनि असन्तुष्ट बनेका हुन ।

मन्त्री बलायरले प्रदेश नम्बर ७ को राजधानी डोटी हुनुपर्ने माँग गर्दै आएका थिए । तर देउवाले उनको कुरा नसुनिकनै ७ नम्बर प्रदेशको राजधानी धनगढी बनाए । यो निर्णयसँगै मन्त्री बलायर तत्काल राजीनामा दिने मुडमा पुगेको काँग्रेस उच्च स्रोतले बतायाे ।

प्रदेशको अस्थायी मुकाम तोक्नको लागि निर्णय लिन बसेको मन्त्रिपरिषदको बैठकै प्रधानमन्त्री देउवा र मन्त्री बलायरवीच भनाभन नै परेको थियो । अहिले डोटीमा आन्दोलन भैरहेकोले आफूलाई अप्ठ्यारो पर्ने अवस्था भएकोले यसबारेमा सोच्न उनले पटक–पटक आग्रह गरेका थिए ।

बलायरको शब्द भुँईमा खस्न नपाउँदै देउवाले कडा रुपमा प्रतिवाद गरे । देउवाको भनाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘मन्त्री हुँदा त चुनाव जित्नुभएन, अब के गर्न सक्नुहुन्छ र ? तपाईलाई यत्रो ठूलो चिन्ता ?’

३ नम्बरको राजधानी काभ्रे हुनुपर्छ भनेर सुरुदेखि लविङ् गरेका सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पनि देउवासँग रुष्ट छन् । श्रम राज्यमन्त्री डिल्लीबहादुर चौधरी पनि देउवासँग रुष्ट छन् ।

५ नम्बर प्रदेशको राजधानी दाङ हुनुपर्छ भनेर आवाज उठाउँदै आएका मन्त्री चौधरीलाई देउवाले अन्तिममा आएर हावा खुवाईदिए । उक्त प्रदेशको राजधानी बुटवल भएको छ । अहिले पनि दाङमा आन्दोलन जारी छ । सरकारले बुधबार प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकेको थियो ।

२०७४ माघ ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड