इमान्दार संवाददाता
१२० पटक
काठमाडौँ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा मन्त्रीहरुबीच लफडा भएको खबर छ । प्रदेशको राजधानी तोक्ने विषयमा विवाद बढ्दै गएपछि मन्त्रीहरुबीच लफडा भएको खबर छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा चर्काचर्की भएपछि बैठक विना निर्णय स्थगित गरिएको बताइएको छ ।

मन्त्रीहरुले बैठकमा आफ्नो अनुकुलको स्थानलाई राजधानी बनाउनुपर्ने धारणा राखेपछि केहीबेर वादविवाद नै भएको थियो । मन्त्रीहरुबीच नै विवाद भएपछि थप गृहकार्य गर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

प्रदेश प्रमुखमा भने ६ जनाको नाम सिफारिस गरिएको छ । जसमध्ये ४ जना काँग्रेस र बाँकी ३ जना संघीय समाजवादी फोरम, राजपा र राप्रपाका छन् ।

२०७४ माघ ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड