इमान्दार संवाददाता
३० पटक
दाङ

प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै स्थानीय अगुवाले बुधबारदेखि अनिश्चितकालीन दाङ बन्द आह्वान गरेका छन् ।

बन्दका कारण दाङ क्षेत्रको जनजिवन प्रभावित भएको छ । लामो तथा छोटो दूरीका यातायातका साधन चलेका छैनन् । उद्योग, कलकारखाना, शिक्षण संस्था सबै बन्द छन् ।

स्थानीयबासीले मुख्य शहरका चोकहरुमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

दाङ लाई नै ५ नम्बर प्रदेशको राजधानी बनाउनको निम्ति दबाबस्वरुप अनिश्चितकालीन दाङ बन्द आह्वान गरिएको दाङ प्रादेशीक सरोकार समितिका अध्यक्ष नारायण भुसालले रातोपाटीलाई जानकारी दिए ।

दाङलाई अस्थायी राजधानी नतोक्ने चलखेल भइरहेको संकेत आएको स्थानीय अगुवाहरुले बताएका छन् ।

२०७४ माघ ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड