इमान्दार संवाददाता
१८० पटक
काठमाडौँ ।

तिन महिनादेखि भिखारी बनेर सडकमा घुमिरहेका एक बृद्ध करोडपति भएको खुलेको छ । शनिबार मानसिक रुपमा विक्षिप्त अवस्थामा भेटिएका ती वृद्धलाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

भारतको लखनउको रायबरेलीमा ती वृद्ध भेटिएका हुन् । संयोग त के भने झण्डै एक महिना अगाडि यही ठाउँमा अर्का करोडपति पनि भिखारीको रुपमै भेटिएका थिए ।

रायबरेलीको डीह थानाका सिपाही बृजमोहन यादवले शनिबार पसलमा चिया पिउँदै गर्दा ती वृद्धलाई भेटेका थिए । यादवले ती वृद्धलाई सोधपुछ गर्दा सुरुमा उनले केही बताउनै सकेनन् ।

पछि उनले आफ्नो नाम शिववचन र घर बछरांवा बताए । संयोगले सिपाही यादव पहिले त्यही ठाउँमा कार्यरत थिए । यादवले आफ्ना पुराना परिचितहरुलाई फोन गरेर सोध्दा वृद्धको पहिचान खुल्यो ।

यादवले शिववचनका परिवारलाई बोलाएर जिम्मा लगाइदिएका छन् । शिववचनका भाइ रमनका अनुसार उनको मानसिक अवस्था १० वर्षदेखि ठिक छैन ।

३ महिनाअघि शिववचन दशैंको मेला हेर्न गएका बेला हराएका थिए । शिववचनका पिताको नाममा लगभग ७० बिगाहा जमिन छ जसको मूल्य करोडौं पर्छ ।

उनी जमिन्दार परिवारका हुन् । उनका ६ पसलहरु छन् । पहिले शिववचनले नै सबै कारोबार हेर्ने गरेकोमा उनी अस्वस्थ भएपछि भाइ रमणले कारोबार हेरिरहेका छन् ।

२०७४ माघ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड