१९० पटक

काठमाडौं ।

विगत आधा दशकदेखि सञ्चार क्षेत्रमा सकृय सपना राई मोडलिङ क्षेत्रमा प्रवेश गर्ने भएकी छन् ।  पेशाले सञ्चारकर्मी भएपनि सपना सानैदेखि आफु मोडलिङ क्षेत्रमा रुची राख्ने बताउछिन ।

अरु मोडलहरुको तुलनामा आफु केही मोटी भएका कारण मोड्लिङमा समयमै प्रवेश गर्न नपाएर पछाडि परेको उनको भनाई  छ । गत जेठ ३१ गते सम्पन्न Nepal”s chubby model २००१७ मा ३ वट टाईट्ल मिस कन्फीडेन्ट, मिस पूर्वान्चल र बेस्ट डान्सको उपादी पाएपछि सपनाले मोड्लिङलाई आगडी बढाउने निर्णय लिएको बताइन।

नृत्य, अभिनय, गायन र  समाज सेवामा लागीरहेकी सञ्चारकर्मी सपना राई हाल ओमनिया द हिड्ण ब्युटीले आयोजना गरेकोे “सुपर प्लस साइज मोडल २०१८” मा पनि भाग लिएकी छन् ।

सानो जिउडाल मिलेको मात्र मोडेल होइन शारीरिक बनावट बौद्धिक क्षमता भएकालेे पनि मोडेल बन्नुसक्छ भन्ने बिचार राख्ने सपनालेे रेडियो र टेलीभिजनसंगै मोडलिङलाई पनि सँगसँगै अगाडी बढाउने विचार गरेको बताइन ।

मोडलिङ क्षेत्रमा जिउडाल र बाहिरी रुप मात्र हैन अब बौद्धिक क्षमता भएकालेे पनि स्थान पाउन सक्छन भन्ने भन्ने नजिर स्थापित गर्न आफुले “सुपर प्लस साइज मोडल २०१८” मा भाग लिएको बताइन ।

२०७४ माघ १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड