११६ पटक

कतार । 

रोजगारीको शिलशिलामा कतार पुगेका एक नेपालीको हिजो बिहान छतबाट खसेर मृत्यु भएको खबर प्राप्त भएको छ ।

केही वर्ष पहिले विनाशकारी भुकम्पले आमा,बहिनी, र एक दाजुको साथै बासस्थान घर समेत गुमाए पछि सुन्दर भविष्यको कल्पना गर्दै कतारमा पुगेका नुवाकोटका २२ वर्षे विनय गोले तामाङ हिजो ८५ मिटर अग्लो छतबाट खसेर निधन भएको छ ।

माघेसंक्रान्तिको शुभकामना साटासाट गरेर साथीहरू संग छुटेर काममा हिडेका गोले उनले काम गर्ने भवनमा काम गर्दै गर्दा सपोर्ट बेल्ड चुडिएर दुर्घटना भएको थियो ।

कतारको एक इन्टरनेशनल कम्पनीमा कार्यरत गोलेले विवाह गरेको ६ महिनामै आफ्नो जीवन संगीनीलाई छोडेर कतार आएका थिए ।

घर फर्किन २ महिना ११ दिन मात्रै रहेको र घर परिवार सबैलाई लत्ताकपडा समेत किनेर राखेको अवस्थमा अचानक दुर्घटनामा परि भएको मृत्युले गोलेको घरपरिवार स्तब्ध भएको छ ।

२०७४ माघ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड