इमान्दार संवाददाता
१५९ पटक
काठमाडौं ।

नेकपा क्रान्तिकारी (माओवादी) का महासचिब मोहन बैद्य ‘किरण’ले अहिलेका नेपालका राजनीतिक दलका नेताहरु र सामान्ती राजाको चरित्र उस्तैउस्तै भएको बताएका छन्।

उनले एक टेलिभिजनसंगको अन्तर्वार्ताका क्रममा यस्तो बताउदै तिनीहरुका विरुद्ध बन्दुक बोक्ने चेतावनी समेत दिएका छन्। बैद्यले नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्दैं समाजवादको दिशामा अगाडि बढ्ने भन्ने मान्यतालाई छोडेर संसदिय व्यबस्था विरुद्ध लडेका प्रचण्डले संसदीय व्यबस्थालाई स्विकार गरेकोले उनिप्रति पनि आफ्नो बुझाई अरु दलहरुको जस्तै रहेको बताए।

माउण्टेन टेलिभिजनको खरो प्रश्न कार्यक्रममा कुराकानी गर्दै नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले भने- ‘पहिला  संसदवादी ब्यबस्थाका विरुद्ध लडेका प्रचण्ड अहिले त्यसैको प्रमुख संरक्षक बनेको छन्।’

उनले थपे- ‘प्रचण्डले देश र जनताको मुक्तिको बाटो छोडिसकेका छन्,यदि प्रचण्डले देश-जनताको हितको कुरा गर्छन् भने त्यो देखावटि मात्रै भएको बैद्यको आरोप छ।’

संसदिय व्यबस्था मान्ने माओवादी-एमाले बाम नभएको बताउदै बैद्यले कांग्रेस-र माओवादी,एमालेबिच सैदान्तिक र राजनितीक दृष्टिकोणले केहि फरक नभएको बताए।

बाम गठबन्धनले पैसाको खोलो बगाएर चुनाब जितेको आरोप लगाउदै त्यो पैसा उठाउन भागबण्डामा जाने र त्यसले जनताको विकाश निर्माण नहुने आरोप बैद्यले लगाए।

बैद्यले एमाले-माओवादी  पुरानै राज्य सत्ताको गठबन्धन भएको र उनीहरु बाम होइनन् भन्दै जनतासामु त्यसको भण्डाफोर गर्ने बताउछन्।

बैद्य अगाडी भन्छन्- पुरानो राज्य सत्तालाई पल्टाउनको निम्ति बन्दुक बोक्न समेत तयार छौं।राजाको चरित्र र अहिलेका दलको चरित्रमा केहि फरक छैन।

हेर्नुहोस् भिडियो

२०७४ माघ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...