इमान्दार संवाददाता
५५ पटक
काठमाडौं ।

आगामी फागुन २० गतेदेखि जिम्वाबेमा हुने एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सोमबार समूह विभाजनसहित खेल तालिका सार्वजनिक गरेको हो। प्रतियोगिता फागुन २० सुरु भएर चैत ११ गते सकिने छ।

छनोट प्रतियोगितामा विभिन्न १० टिमले सहभागी जनाउनेछन्। सहभागी भएका टिममध्ये शीर्ष २ टिम सन् २०१९ मा हुने एकदिवसीय विश्वकप खेल्ने छन्।

समूह विभाजन

समूह ए – वेस्ट इन्डिज, आयरल्यान्ड, नेदरल्यान्ड्स, पपुवा न्युगिनी र डिभिजन २ को विजेता

समूह बी – अफगानिस्तान, जिम्वाबे, स्कटल्यान्ड, हङकङ र डिभिजन २ को उपविजेता

दुई समूहमा विभाजित टोलीले पहिलो चरणमा लिग खेल खेल्दै समूहका शीर्ष ३–३ टिम सुपर सिक्समा पुग्नेछन्। सुपर सिक्समा पुगेका दुई शीर्ष टोली विश्वकपमा छनोट हुनेछन्।

यस्तो छ नेपालको सम्भावना?

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्न नसकेको नेपालले आगामी फेब्रुअरी दोस्रो सातादेखि नामिबियामा सुरु हुने डिभिजन २ मा प्रतिस्पर्धा गर्दैछ।

डिभिजन–२ मा नेपाल, युएई, नामिबिया, केन्या, क्यानडा र ओमानले एक आपसमा प्रतिस्पर्धा गर्दैछन्। यदि डिभिजन २ मा नेपाल कम्तिमा शीर्ष २ भित्र पर्न सके मात्र एकदिवसीय विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

यदि उक्त प्रतियोगिताको विजेता बनेमा नेपाल एकदिवसीय विश्वकप छनोटको समूह ए र उपविजेता बने समूह बीमा पर्नेछ।

२०७४ माघ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड