इमान्दार संवाददाता
२६३ पटक
काठमाडौं ।

अमेरिकास्थित जोर्जिया राज्यको विश्वाविद्यालय अन्तर्गतको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा कार्यरत नेपाली युवा बैज्ञानिक डा.सुदिप खड्का संलग्न टोलीले इबोलाको औषधी पत्ता लगाएको सोधपत्र प्रतिष्ठित antiviral research जर्नल मा प्रकाशित भएको छ ।

यो आविष्कारले इबोलाको महामारी फैलिए त्यसको रोकथाममा महत्वपूर्ण योगदान गर्नेे विश्वास अनुसन्धानमा संलग्न एघारवटा बैज्ञानिकको टोलीले लिएको छ । संसारकै सबैभन्दा खतरनाक रोग मानिने इबोलाको हालसम्म कुनै औषधी पत्ता लागेको थिएन ।

टोलीले सयौंको संख्याका नयाँ औषधीको अनुसन्धानबाट ५६ सम्भाबित औषधीहरु पत्ता लगाएको हो । जसमा एउटा benzoquinoline समूहको औषधीको बिस्तृत अध्ययन भएको छ । यो औषधी हालै संसारमा तहल्का मचाइराखेको अर्को जीका भाईरसबिरुद्ध पनि प्रभावकारी देखिएको छ ।

बैज्ञानिकहरुका अनुसार यो प्रारम्भिक अनुसन्धानले चाडै नै इबोला र जीकाको उपचार हुन सक्ने सम्भावना बढेको छ । तर बजारमा आउनुभन्दा पहिले यो औषधीको प्रभावकारिताको थप अनुसन्धान गर्न समय लाग्नेछ ।

२०७४ माघ २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड