इमान्दार संवाददाता
२४५ पटक
जापान ।

नेपाल मगर संघ क्युशु जापानले विगतका वर्षमा झैं  आज माघे संक्रान्ति पर्व धुमधामले मनाउदै छ । सांस्कृतिक कार्यक्रम सहित अहिले संघले माघे संक्रान्ति मनाईरहेको छ ।

आजको कार्यक्रममा स्वागत तथा शुभकामना मन्तव्य दिदै संघका बरिष्ठ  उपाध्याक्ष दिपक राना मगरले भने- ‘यो पर्वले सबै मगर समुदायको पहिचाहन र सस्कृतीलाई जगेर्ना गर्नुपर्ने यस पर्वले अझ सबैलाई भाईचाराको सम्बन्ध हुने कुरामा टेवा पुग्ने छ ।’

यस्तै कार्यक्रमका प्रमुख अतीथीको रुपमा रहेका तथा बिगत १२ र १३ वर्ष देखी जापान बस्दै आएका अर्जुन पुन मगरले माघीको शुभकामना मन्तव्यमा मगर समुदायको यो पर्वले प्रदेशमै रहेपनी आफ्नो पहिचाहनलाई नभुलेको र मगर संघको जापानमा स्थापना भए यता एकदमै राम्रो काम गर्दै आईरहेको प्रती सर्हानीय व्यक्त गर्दै माघी पर्वको सबैलाई शुभकामना व्यक्त गरे ।

यस्तै : लायन्स क्लव क्यूसुका अध्यक्ष अर्जुन थापाले आफ्नो शुभकामना मन्तव्यमा सबैलाई माघी पर्वको शुभकामना दिदै सबैले आ-आफ्नो रितीरिवाजलाई बिर्सन नहुने बताए । उनले माघी पर्वले एक आपसमा चिन्ने मौका मिलेको भन्दै खुसी व्यक्त गरे ।

यसैविच कार्यक्रमको अन्तमा नेपाल मगर संघ क्यूसु फुकुओका जापानका अध्यक्ष मिलन मगरले कार्यक्रमको समारन गर्दै आफ्नो शुभकामना मन्तव्यमा यो माघी पर्वले सबैलाई एक आपसमा मिलन गराएको र मगर समुदायको संस्कृतीलाई जगेर्ना गर्नको लागी कार्यक्रममा सहभागी हुने सबैलाई धन्यवाद दिदै शुभकामना दिए ।

२०७४ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड