इमान्दार संवाददाता
१२३ पटक
काठमाडौँ ।

एक्लो सन्तान प्रकाश दाहालको निधन भएको एक महिना नबित्दै माओवादी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहाल अस्वस्थ बनेकी छन्। अस्वस्थ बनेपछि सीता दाहाल उपचारका लागि दिल्ली जाँदैछिन् । उनी आइतबार ‘फलोअप’ का लागि दिल्ली जान लागेकी हुन् ।

केही महिनाअगाडि मात्रै पनि उनको बैंककमा उपचार गरिएको थियो । एक मात्र छोरा प्रकाशको निधनका कारण उनी थप कमजोर बनेकी थिइन् । अहिले पनि बेला–बेला अर्धमूर्छित अवस्थामा देखिन्छिन् ।

बुवा जानुहुन्न, हामी जाँदै छौं,’ भरतपुर महानगरकी मेयर रेणुले भनिन्, ‘मेदान्तमा आमाको फलोअप उपचार हुन्छ । डाक्टरको सल्लाहका आधारमा उपचार गरेर फर्किन्छौं ।’

मधुमेह, उच्च रक्तचापलगायत रोगका कारण उनी लामो समयदेखि बिरामी अवस्थामा छिन् । विकसित राजनीतिक घटनाक्रमका कारण दाहाल भने पत्नी सीताका साथ उपचारमा सहभागी हुने छैनन् ।

सीताको उपचारका लागि पहिलोपटक दाहालले दुई छोरी रेणु र गंगालाई पठाउन लागेका हुन् । यता प्रचण्डको सचिवालयले पनि उनलाई उपचारका लागी दिल्ली लैजान लागिएको पुष्टि गरेको छ ।

२०७४ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...