इमान्दार संवाददाता
१५२ पटक

जाडोमा अनुहारको सरसफाईमा उति ध्यान दिइन्न । पानी चिसो हुने भएकाले हामीलाई मुख पखालिरहन, नुहाइधुवाई गर्न जाँगर चल्दैन । बाक्लो र पुरा शरीर ढाक्ने पहिरन लगाइन्छ ।

जाडो सिजनमा डार्क कलर उपयुक्त हुन्छ । एकातिर बाक्लो र डार्क कलरको गेटअप, अर्कोतिर अनुहारको उति ख्याल नगर्ने हुँदा अनुहार फुस्रो देखिन्छ ।

अतः यहाँ १० मिनेटमै अनुहारलाई ताजा देखाउने टिप्स दिइएको छ ।

गुलाब जल

गुलाब जलमा हाइड्रेटिङ र छालाको चमक बढाउने गुण हुन्छ । गुलाब जललाई अनुहारमा लगाउने । अनुहार क्षणभरमै ताजा देखिन्छ । चम्किलो देखिन्छ ।

२ मिनेटका लागि महको प्याक

महमा भिटामिन बि र सी हुन्छ, जसले छालामा पोषण प्रदान गर्छ । चिसो पानीमा महको केहि थोपा चुहाइदिने । यसले अनुहार धुनुपर्छ । महको मिश्रणयुक्त पानीले मुख सफा गर्दा अनुहार मुलायम र चम्किलो हुन्छ ।

कागतिको फेसवास

धेरैजसो लेमन बेस्ड फेस वासले ताजगी र सितलता प्रदान गर्छ । यसको सुगन्धले ताजा अनुभव गराउँछ । कागतीको फेसवासले छालालाई ताजा देखाउँछ ।

ओलिभ आयलले मसाज

मसाजले अनुहारमा चमत्कारी परिवर्तन ल्याइदिन्छ । ओलिभ आयल यसका लागि सर्बोत्तम मोश्चराइजर हो । यसमा एन्टिअक्सिडेन्टको मात्रा पनि हुन्छ । ओलिभ आयलको केहि थोपा हातमा राखेर अनुहार मसाज गर्नुपर्छ ।

कफीको स्क्रब

कफीमा रहेको एन्टिअक्सिडेन्टले अनुहारको रक्तप्रवाह सुचारु गराउँछ । कफीको स्क्रबले छालको मृत्त कोशिका हटाउँछ र अनुहारलाई रसिलो बनाइराख्छ ।

अनुहारमा बरफले रगड्ने

बरफले अनुहार रगड्दा तत्कालै ताजा अनुभव गर्न सकिन्छ । बफरले अनुहारमा रगड्दा छाला कसिलो हुन्छ । यसले गर्दा अनुहारको चाहुरीपन घट्छ । मुलायम कटनको कपडामा बरफको टुक्रा राखेर अनुहारमा हल्का ढंगले मसाज गर्नुपर्छ ।

अनुहारको व्यायाम

समग्र शरीरको व्यायाम गर्दा पनि अनुहारको व्यायाम गरिदैन । अनुहारको छुटै व्यायाम गर्न सकिन्छ । अनुहारको व्यायाम कसरी गर्ने ?

मुखमा हावा भरेर ओंठ बन्द गर्ने, मुख फुलाउने । हावा फ्याक्ने । यो क्रिया २० पटकसम्म दोहोर्‍याउनुपर्छ ।

२०७४ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड