इमान्दार संवाददाता
१९० पटक
धनगढी ।

त्रिभुवन आर्मी क्लबलाई ३–१ को नतिजा सुम्पिएपछि शनिबार साबिक विजेता लक्षमी हुन्डाई मनाङ मस्र्याङ्दी क्लब सुदूरपश्चिम खप्तड गोल्डकपको अन्तिम चारबाट बाहिरिएको छ।

क्वार्टरफाइनलमा रूपन्देही ११ लाई हराउँदाको टोलीमा दुई खेलाडी परिवर्तन गरेको मनाङले सुरुमै अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा उपाधि रक्षा गर्ने सपना समाप्त बनेको थियो । शुक्रबार घाइते भएका रक्षक कमल श्रेष्ठ र क्रिसको स्थानमा सुवास गुरुङ एवं विमल रानाले पहिलो रोजाइमा स्थान बनाएका थिए।

हेमन गुरुङको गोलबाट आठौं मिनेटमा अग्रता लिएको मनाङले त्यसलाई जोगाउन सकेन । आर्मीका गोलकिपर विकेश कुथुले राम्रो नियन्त्रणमा लिन नसकेको बललाई पेनाल्टी बक्समा रहेका विशालले गोलमा परिणत गरेका थिए ।

त्रिभुवन आर्मीका कप्तान भरत खवासले २०औं मिनेटमा बराबरी गोल फर्काएका थिए । ४३औं मिनेटमा नवयुग श्रेष्ठले आर्मीको अग्रता दोब्बर बनाए । खेल सकिन २ मिनेटका बाँकी रहँदा नवयुगकै पासमा सन्तोष तमाङले अर्को गोल थपेपछि आर्मीले फाइनलमा स्थान पक्का थियो।

गत सिजन पहिलो खेलबाटै बाहिरिएको त्रिभुवन आर्मीले अब उपाधिका लागि आयोजक सुदूरपश्चिम ११ र सशस्त्र प्रहरी बल (एपिएफ) बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यसअघि विकास रनिङ शिल्ड, सताक्षी गोल्डकप र काँकडभिट्टा गोल्डकपको उपाधि जितिसकेको त्रिभुवन आर्मीका प्रशिक्षक नवीन न्यौपानेले मिहिनेतको फल पाएको बताए।

२०७४ पुष ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड