इमान्दार संवाददाता
६० पटक
एजेन्सी ।

परम्परावादी मुलुक साउदी अरेबियाले महिलालाई पहिलो पटक फुटबल खेलको दर्शकदीर्घा (प्यारापिट) मा बस्न दिएको छ ।

महिलामाथि कडा नियम लागू रहेको मुस्लिम मुलुक साउदी अरेबियामा शुक्रबार पहिलो पटक फुटबल खेलको दर्शकदीर्घामा महिलालाई बस्न दिइएको हो ।

जेद्धाह शहरस्थित रंगशालमा भएको फुटबल खेल हेर्न महिलाहरु परिवारसहित आएका थिए ।

उनीहरुलाई रंगशालामा परिवारका सदस्यसँगै राखिएको थियो । स्थानीय क्लबबीचको खेल हेर्न आएका महिलालाई रंगशालमा खटिएका महिला कर्मचारीले नै भित्र छिराएका थिए ।

साउदी अरेबियामा दशकौंदखि महिलालाई रंगशालमा गएर फुटबलसहितका खेल हेर्न प्रतिबन्ध थियो । तर युवराज मोहम्मद विनको सुधार योजनाअन्तर्गत बिस्तारै परिवर्तन हुन थालेको छ । यो महिना समग्रमा तीन खेलमा महिलालाई रंगशालमा गएर हेर्ने दिइने छ ।

यस्तै युवराज मोहम्मद बिनको योजना अनुसार नै महिलालाई गाडी चलाउन नपाउने गरी लागेको प्रतिबन्ध पनि फुकुवा भएको छ । आउँदो जुन महिनादेखि महिलाले गाडी चलाउन थाल्ने छन् ।(एजेन्सी)

२०७४ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...