इमान्दार संवाददाता
८५ पटक

बिगत ६ दिनदेखी अनसन बसिरहेका डा. गोबिन्द केसीले सरकारसँग ५ बुँदे सहमति भएपछि १४ औं चरणको अनसन तोड्दै आफु एक बर्ष मात्र हैन ५ बर्ष जेल जान तयार रहेको बताएका छन् ।

अदालतको अपहेलना मुद्दामा सोमबार राती हिरासतमा लिइएका केसीलाई बुधबार सर्वोच्च अदालतले बिना धरौटी साधारण तारेखमा रिहा गरेको थियो ।

त्यस लगत्तै सरकारसँग बार्ता गरी सहमति गरेका केसीले शनिबार बिहान आफु अन्यायका बिरुद्ध लडेको भन्दै १ बर्ष मात्र हैन ५ बर्ष जेल जान तयार रहेको बताएका हुन् ।

यस्तै प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै केसीले गत सोमबार सुरु गरेको असन सरकारसँग गएराती ५ बुँदे सहमति भएपछि शनिबार तोडेका छन्।

केसीले राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आज सिरहाका ४८ वर्षीय नथुनीया मोचीको हातबाट जुस पिएर डा.केसीले अनसन तोडेका थिए ।

मोची शिक्षण अस्पताल अगाडि जुत्ता सिलाउने काम गर्छन । डा. केसीले सहमति कार्यान्वयन नहुँदा सम्म खबरदारी जारी राख्ने बताए । फागुन ८ गतेसम्म प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा नआए पुन: अनशन सुरु गर्ने डा. केसीले चेतावनी दिए ।

चिकित्सा शिक्षा आयोग एक साताभित्र गठन गर्ने, सर्वोच्च अदालतको आदेश अनुसार आइओएमको डिनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिने सहमति भएको छ ।

यस्तै, ओइओएमको अधिकार फिर्ता सम्बन्धी विनियमावली संशोधन गर्न तत्काल त्रिवि सभा सिनेटको विशेष बैठक बोलाउने र त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयले आर्थिक व्यवस्था गर्ने सहमति भएको छ ।

 

२०७४ पुष २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड